• FB
  • FB
  • FB
Sunday 19th of February | २०७३ फाल्गुण ८ आइतबार

फरवार्ड कम्युनिटीको छ करोडको साधारण सेयर माघको पहिलो साता

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार

काठमाडौं, २६ पुुस । फरवार्ड कम्युनिटी माईक्रो फाईनान्स बित्तीय संस्थाले माघको पहिलो साता छ करोड रुपैयाँको साधारण सेयरको बिक्री खुल्ला गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी छ लाख कित्ता साधाररण सेयरको बिक्री गर्न लागेको हो ।

बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको संस्थाको माघ नौ गतेबाट खुल्ला हुने साधारण सेयरको बिक्री कार्य छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गते बिक्री कार्य बन्द हुने छ ।

सर्वसाधारणहरुले न्युुनतम ५० कित्ता देखि अधिकतम तीन हजार कित्तासम्म सेयर खरिदको लागि आवेदन दिन सक्नेछन ।

अधिकृत पुंजी ४० करोड तथा जारी पुंजी २० करोड रुपैयाँ रहेको संस्थाको हाल चुक्ता पुंजी १४ करोड रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात भने संस्थाको चुक्ता पुंजी २० करोड रुपैयाँ पुग्ने छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan