• FB
  • FB
  • FB
Monday 16th of January | २०७३ माघ ३ सोमबार

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पनि देखाए रमिता ! 'कलिला ज्वाइँलाई वरिष्ठ सल्लाहकारको जिम्मा'

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

न्यूयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना कलिला ज्वाइँ जरेद कुस्नेरलाई ह्वाइटहाउसको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने जनाएका छन् ।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पनि पारिवारिक र नातावाद देखाए रमिता देखाएको विपक्षीहरुको आरोप छ ।  


३५ वर्षे कुस्नेरले ट्रम्पलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले ससुराले उपहारस्वरुप यतिठूलो पद जिम्मा लगाउन लागेका हुन् ।

अब ज्वाइँ कुस्नेरले ह्वाइटहाउसमा रहेर आन्तरिक र वाह्य नीतिसम्बन्धि काम हेर्ने छन् ।

अब ह्वाइटहाउसको कुर्सी सम्हाल्न ट्रम्पले १० दिन बाँकी छ । ट्रम्पले जनवरी २० तारिखमा राष्ट्रपतिको सपथ लिंदै ह्वाइटहाउस कब्जा गर्नेछन् ।

तर कलिलो उमेरका ज्वाइँलाई यतिठूलो जिम्मेवारी सुम्पने भएसंगै ट्रम्पको आलोचना तीव्र भएको छ ।

आलोचकहरुले सरकारी नियुक्तिमा आफ्ना नातेदारलाई नियुक्त गर्नु अमेरिकी भाइभतिजावाद कानूनको उल्लंघन हुने पनि बताएका छन् ।

नातावादको बारेमा बहस गर्नका लागि प्रमुख प्रतिपक्षी डेमोक्रमेटिक पार्टीले बैठक नै बोलाएको छ । एजेन्सी

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan