• FB
  • FB
  • FB
Sunday 19th of February | २०७३ फाल्गुण ८ आइतबार

भट्टराई जी भन्दै आफ्नै केन्द्रीय सदस्यले यस्तो पत्र लेखे (ध्यानाकर्षण पत्र सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

श्री डा. बाबुराम भट्टराई जी भन्दै आफ्नै केन्द्रीय सदस्यले यस्तो पत्र लेखे ध्यानाकर्षण पत्र सहित
संयोजक
नयाँशक्ति पार्टी, नेपाल
विषयःध्यानाकर्षण गराएको बारे ।
महोदय,

तपाईतत्कालीनएमाओवादी पार्टी छोडेर नयाँशक्तिनिर्माण अभियानमालागेकेै दिनबाट म पनि यो अभियानमा सामेल भएको हुँ । मैले बुझेसम्ममाक्र्सको द्वन्दात्मकऐतिहासिकभौतिकवादमान्ने , पाँच“स”लाई नयाँशक्तिको सैद्धान्तिक प्रस्थानविन्दु मान्ने, प्रत्यक्षलोकतन्त्रको मान्यताअनुरुप पार्टी सञ्चालनगर्ने, प्रत्यक्षकार्यकारी राष्ट प्रमुखवा सरकार प्रमुखको व्यवस्थाल्याउन राजनीतिकअभियान सञ्चालनगर्ने नयाँशक्तिकाहालसम्मका सर्बस्वीकृत अवधारणा हुन् ।

तर त्योभन्दा फरक तपाईले हालसालै व्यक्तगर्नु भएकाकेहीविचारमा सङ्गतिनदेखिएकोले सार्वजनिक रुपमाध्यानाकर्षण गर्ने दुस्साहस गरेको छु । आशाएवम् विश्वास छ, तपाई मसंग रिसाउनु हुने छैन किनभने तपाई जस्तो विद्वान राजनेताले सकारत्मक ढङ्गले गरिएकाआलोचनाकहिलेकहीं अमृत सरह हुनसक्छन् र स्वार्थप्रेरित प्रशंसा विषजस्ता हुन्छन् भन्ने पूर्वीय साहित्यको एक भाव पढ्नु भएकै हुनुपर्छ ।

१) तपाईंलाई थाहा छ —माओवादीआन्दोलनले उठाएको संघीयताको अवधारणामा केहीखोट छ । प्रदेशको नामाकरण र सीमाङ्कन जातीयपहिचानको आधारमा गरेर नेपालको समस्यातपाईंले भने जसरी समाधान हुन्छजस्तो मलाई लाग्दैन ।

यो विषयजनताले मन नपराएरै पछिल्लो संविधानसभानिर्वाचनमामाओवादीलाई मतदिएनन् । यो तथ्यबुझ्दा बुझदै महादेवले सतिदेवीको लास बोकेजस्तो गरी तपाई किनयहीअजेण्डाको पक्षपोषण गर्दै हुनुहुन्छ ?

२) बेला बेलातपाई खस आर्य समुदायलाई चिढ्याउने अभिव्यक्ति दिनुहुन्छ । सबै दोष उनीहरुको टाउकोमा हाल्नुहुन्छ । जनजाति, मधेशी, थारुकाहकअधिकारको कुरा ईतिहास र बर्तमानमा समेत देश निर्माणमा महत्वपूर्ण योगदानगरिरहेको खस आर्य समुदायलाई नचिढ्याई गर्न सकिदैन ?तपाईजस्तो नेताले यस्तो गल्तिनदोहोर्यादा देशको हितहोला ।

३) अक्तियारमालोकमानको नियुक्ति गराउनतपाईले खेलेको भूमिका एउटा एतिहासिकभूलथियो । उनलाई महाअभियोग लगाए पछि“व्यक्ति हटाएर केहीहुदैन, प्रणाली फेर्नु पर्छ” भन्ने तपाईको ट्वीट जनताले पटक्कै मन पराएनन् । यो विषयमा सार्वजनिकआत्माआलोचनागर्दा तपाईंको उचाई बढ्छ । पार्टीको पोजिसल राम्रो हुन्छ ।

४)तपाई टोपीदिवसजस्तो अति सामान्यविषयमाअनावश्यक टिप्पणी गर्नुहुन्छ ।  नेपालीजनताले लगाउने  परम्परागत असंख्य परिधानको यसै गरी टिप्पणी गरेर साध्यहोला?कतिपय यस्ता विषयमातपाईंको मौनताअपेक्षित छ ।

यो ध्यानाकर्षण गरेकोमागल्तीभएमाफपाउँ, माफीले नपुगे कारवाहीपाउँ ।
उहीतपाईको,
निर्मल भट्टराई
सदस्य
केन्द्रीय परिषद
नयाँशक्ति पार्टी, नेपाल

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan