Monday 25th of September | २०७४ असोज ९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिमालयन बैंकको चौबीसौं वार्षिक साधारण सभा सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ पुस । बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले शेयर धनीहरुलाई ३० प्रतिशत बोनस शेयर र १.५७८९ प्रतिशत नगद  गरी कुल ३१.५७९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी  ५ अर्व ८४ करोड ८८ लाख ८८ हजार ५०० पुग्नेछ । साथै २३ औं वार्षिक साधारण सभाबाट पारित भए अनुरुप हाल जारी भइ बाँडफाँट प्रकृयामा रहेको हकप्रद शेयर जारी गरिसकेपछि तत्काल जारी तथा चुक्ता पूँजी रु. ६ अर्व ४९ करोड १६ लाख २३ हजार ५०० हुने समेत अध्यक्ष श्री श्रेष्ठले जानकारी गराउनु भयो  ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७२÷७३ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, विज्ञप्तिमा भनिएको छ । सो अवसरमा उहाँले ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको जानकारी सभालाई दिनुभयो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan