• FB
  • FB
  • FB
Monday 27th of February | २०७३ फाल्गुण १६ सोमबार

‘दंगल’का आमिर के हो र यस्ता पनि छन फिल्मका लागि शरीरसँग खेलवाडहरु !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

फिल्मको रंगिन दुनियाँ बाहिरबाट जति हेर्दा रमाइलो र सजिलो लाग्छ, देखिन्छ । तर, वास्तविकता अर्के हुन्छ । स्टारको ख्याति लोभलाग्दो हुन्छ तर त्यो ख्यातिका लागि गरिने मेहेनत उस्तै कठिन हुन्छ ।

बलिउड अभिनेता आमिर खानले आफ्नो आगामी रिलिज ‘दंगल’का लागि आफ्नो तौलमा गरेको घटबढ चर्चाको विषय बनेको छ । फिल्मका लागि उनले २५ किलो तौल बढाए भने फेरि फिल्ममा युवक पात्रका लागि ३० किलो तौल घटाउने काम पनि गरे । आमिरको यस कामको धेरैले प्रशंसा गरे ।

तर, फिल्मको पर्दामा देखिने चरित्रमा स्वभाविक देखिन अभिनेताहरुले कडा मिहेनत गर्छन र त्यो मेहेनत व्यक्तिगत स्वास्थ्यलाई हानी पुर्‍याउनेसम्मका हुन्छन् । चरित्रमा आफूलाई ढाल्न कलाकारले लिएको खतराको परिणाम कुनै कुनै अवस्थामा ज्यान जानेसम्म हुन्छ ।

यस मानेमा हलिउड कलाकारहरूले पटकपटक यस्तो खतरा मोलेका छन् । हलिउडका केही चर्चित फिल्मका लागि केही अभिनेताहरुले आफ्नो जीवनको यस्तो जोखिम उठाएका छन् जुन आम मानिसले आँटिहाल्दैनन् । त्यस्तै हलिउड अभिनेता मध्ये केहिले चरित्रका लागि यस्तोसम्म गरे ।

क्रिश्चियन बेलः

1-christian-bale-the-machinist
क्रश्चियन बेल त्यस्ता मेथड आर्टिस्ट हुन् जो आफ्नो चरित्रका लागि कुनै तहमा पुग्न सक्छन् । सन् २००४ मा ‘द मेसिनिस्ट’मा रहेको तेर्भोर रेजनिकको चरित्रका लागि उनलाई ५-६ किलो वजन घटाउन भनिएको थियो तर उनले २७ किलो भन्दा बढी तौल घटाए ।

यसका लागि उनले प्रत्येक दिन एउटा स्याउ र एक क्यान टुना माछा मात्र खाए । त्यस्तै सन् २००५मा ब्याटम्यान फिल्मका लागि १०२ किलो वजन बढाएका थिए भने रेस्क्यु डनका लागि फेरो घटेर ६२ किलोमा झरेका थिए ।

उनको यो सिलसिला यसमा रोकिएन उनले फेरि डार्क नाइट फिल्मको ब्रुस वायन चरित्रका लागि तौल बढाएर १०२ किलो बनाए । त्यसको दुई वर्षपछि बेलले सन् २०१० मा आएको द फाइटर फिल्मका लागि फेरि तौल घटाउँदै ६५ किलोमा झारेका थिए ।

उनले सन् २०१३ मा रिलिज भएको अमेरिकन हसल फिल्मका लागि फेरि २० किलो मोटाएका थिए ।

रोवर्ट डि निरोः

2-robert-di
रोवर्ड दि निरो अर्का त्यस्ता अभिनेता हुन् जसले आफ्नो चरित्रमा भिज्न कुनै कन्जुस्याईं गरेनन् । उनी पनि आफ्नो शरीरलाई चरित्र अनुसार निभाउन शरीरको स्वरूप परिवर्तन गर्ने अभिनेता मध्येका हुन् ।

‘रेजिङ बुल’ फिल्ममा आफूलाई सुगठित देखाए भने जेक लामोटाको चरित्रका लागि झण्डै २८ किलो तौल पनि बढाए । उनले ‘ट्याक्सी डाइभर’को चरित्रमा भिजनका लाजि करिन १ महिनासम्म ट्याक्सि ड्राइभर बनेर दैनिक १२ घन्टाको सिफ्ट काम गरे ।

ड्यानिल डे लेविसः

3-daniel
मेथड एक्टिङका लागि चिनिएका ड्यानियल डे लेविसले चरित्र निर्माणका लागि आफ्नो शरीरलाई यस्तो हदसम्म परिवर्तन गर्छन् कि कहिलेकाही उनको वास्तविक रुप कस्तो छ भन्ने ठम्याउन दर्शकलाई गाह्रो पर्छ ।

उनले चाहे त्यो ‘ग्याङ्स अफ न्यूयोर्क’ होस या ‘माइ लेफ्ट पुट’ वा ‘देयर विल बि ब्लड’ गरेका चरित्रहरु हुन् । ती फिल्ममा उनले गरेको परिश्रम आफैमा उदाहरणिय छन् । यो सूचिमा उनको ‘लिंकन’ र ‘द लास्ट अफ द मोहिकन्स’ पनि पर्छन् ।

‘माइ लेफ्ट फुट’का लगि उनी निरन्तर ८ हप्तासम्म ह्विलचेयर बसेका थिए । ‘मोहिकन्स’का लागि उनले सरबाइबल एण्ड वेट ट्रेनिङ लिए भने केही हप्ता चरित्रमा पस्न एकान्तमा बसे ।

त्यस्तै ‘ग्याङ्स अफ न्यूयोर्क’को सुटिङमा उनलाई निमोनिया नै भयो तर उनले त्यतिबेला निभाइरहेको पात्र भएको समयमा निमोनियाको उपचार नभएको भन्दै चिकित्सक सेवा नै लिएनन् ।

हिथ लेजरः

4-lieth
सन् २००८ को ‘द डार्क नाइट’को जोकर चरित्रका लागि हिथले आफूलाई हप्तौसम्म होटलको एक कोठामा आफूलाई बन्द गरेका थिए ।

होटलमा रहँदा उनले आफैसँग मात्र बोल्ने, विभिन्न आवाजमा बोल्ने तथा जोकरकै शैलीमा जथाभावी जर्नल लेख्ने गरेका थिए । यस बसाइबाट उनले चरित्रका लागि चाहिने ‘प्यारानोया’ र ‘इनसोमेनिया’को विकास गरे ।

उनले चरित्रमा आफूलाई भिजाउन विभिन्न औषधीको ओभरडोज लिएको र जसका कारण फिल्मको छाँयाकंन सकिएको केही समयमा मृत्यु भएको बताइन्छ । औषधीको ओभरडोजका कारण हिथले २८ वर्षको उमेरमा नै मृत्युवरण गर्नुपर्यो‍।

फिल्ममा उनले निभाएको जोकर चरित्रका लागि उनले सर्वोत्कृष्ट सह–अभिनेताको ओस्कर अवार्ड जिते जसलाई फिल्मका निर्देशकले ग्रहण गरेका थिए ।

फिप्टी सेन्टः

5-50-cent-fall
र्‍यापर तथा अभिनेता फिप्टी सेन्ट पनि मस्कुलर शरीर भएका व्यक्ति हुन् । तर, सन् २०११ को फिल्म ‘अल थिङ्स फल अपार्ट’मा यस्तो स्वरूपमा देखिए धेरैलाई उनलाई चिन्न कठिन हुने हुलियामा देखिए ।

फिल्ममा उनी दुब्लो बनेका छन् जसले उनको पहिलाको स्वरूपलाई बिर्साइदिन्थ्यो । सो फिल्मका लागि उनले २४. ५ किलो घटाएका थिए । त्यसअघि उनी ९७ केजीका थिए । फिल्ममा फुटबलरको चरित्रमा फिट हुनले आफ्नो वजन घटाएका थिए ।

टम हार्डीः

6-tom-hardly
हलिउड अभिनेता टम हार्टीले ‘द डार्क नाइट राइजेज’का लागि आफ्नो तौल करिब १३ किलोले बढाएका थिए । फिल्मका लागि थप मस्कुलर देखिनुपर्ने भएपछि उनले त्यसो गरेका थिए । यसका लागि उनलाई ३ महिनाको समय लागेको थियो ।

रसेल क्रोः

7-russell-crowe-thin-fat
‘बडी अफ लाइज’का लागि रसेल क्रोले आफ्नो शरीरसँग नराम्री खेलवाड गरेका थिए । करिब दुई वर्ष लगाएर उनले आफ्नो तौल करिब ११७ किलो आशपास पुर्‍याएका थिए ।

यस्तो गर्दा उनको शरीरमा कोलस्टोरको मात्रा खतरानाक ढंगले बढेको थियो । उनको बढेको तौलको कारण उनलाई आफ्नै गाडीबाट निस्कन समेत गाह्रो हुने गरेको थियो ।

टम ह्यांक्स्ः

8-tomhanks
‘कास्ट अवे’ फिल्मका लागि टम ह्याङ्सले आफ्नो शरीरको तौललाई धेरै कम गरेका थिए । ‘फिलाडेलफिया’ फिल्मका लागि १३ किलो तौल घटाएका टमले ‘कास्ट अवे’ फिल्ममा त्यसलाई चुनौती दिँदै झण्डै दोहोरो अंकले घटाएका थिए । सो फिल्मका लागि उनले २४ किलो तौल कम गरेका थिए ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan