Sunday 17th of December | २०७४ पौष २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुचीकृत कम्पनीहरुलाई बिवरण पठाउन नेप्सेको निर्देशन

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ पुुस । नेपाल स्टक एक्सचेन्ज लिमिटेडे (नेप्से) ले सुचीकृत कम्पनीहरुलाई यही माघ १० गतेभित्र आफ्नो सम्पुर्ण बिवरण नेप्सेमा पठाउन निर्देशन दिएको छ । कम्पनीहरुको बिवरण कै आधारमा सुचीकृत कम्पनीहरुको बर्गिकरण गरिने हुंदा बिवरण पठाउन निर्देशन दिएका हौं, नेप्सेले भनेको छ ।

धितोपत्र सुचीकरण बिनियमावली २०५३ को बिनियम १४ अनुसार चुक्ता पुंजी कम्तीमा दुुई करोड रुपैयाँ भएको छ, साधारण सेयरधनीहरु कम्तीम पनि एक हजार जना भएको, सार्वजनिकरुपमा सेयर बिक्री गरेको, कम्तीमा तीन बर्ष अगाडि देखि निरन्तर नाफामा रहेको, सेयरको कितावी मुल्य चुक्ता मुल्य भन्दा कम नभएको, आर्थिक बर्ष समाप्त भएको छ महिना भित्रमा कारोवार तथा आय व्यय बिवण स्टकमा पेस गरेको लगायतका प्रकृया पुरा गरेका कम्पनीहरुलाई क बर्गका सुचीकृत गरिने प्रावधान रहेको छ ।

बिवरण पेश गर्दा कम्पनीको सम्पुुर्ण बित्तीय बिवरण, तीन बर्षको नाफा नोक्सान, बोनस तथा नगद, संस्थापक सेयर , साधारण सेयर बिदेशी लगानीकर्ता लगायतका सम्पुर्ण जानकारीहरु उपलब्ध गराउनुुपर्ने छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan