• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

दोहामा नेपाली दुतावासको मनोमानी मजदुरलाई सास्ती

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

ध्रुब क्षेत्री, दोहा कतार, २६ पुस ।  करिब ५ लाख हाराहारी नेपाली मजदुर भएको कतारमा बाहिर देशबाट यहाँ काम गर्ने मजदुर मध्यामा अनुमानिक धेरै लेबर काम गर्ने नेपाली नै छन् । अनेक समस्याबाट जेलिएका नेपाली मजदुरहरु कतिलाई त दुताबास कहाँ छ र कसरी त्यहाँ पुग्ने भन्ने समस्याले गिजालिएको हुन्छ ।

तेस्मा पनि कतिलाई यहाको दोहा सिटि र अन्या बजार जानसम्म फुर्सद हुँदैन कारण त तेही नै हो सानो तलब सुबिधा, महँगो टेक्सी भाडा अनि समयको अभाब वा कम्पनीले भनेको समयामा छुट्टि नदिनु ।

आज दोहाको हल्लि चहल पहल हुने दिन वा यहाँका सरकारी वा निजि कम्पनीका सबै  कार्यालय खुल्ने दिनमा, नेपाली मजदुरहरु पनि आफ्नो राज्यको प्रमुख निकाय मान्नियेर बसेको  नेपाली दुताबास कतारमा  बिभिद समस्या लिएर जानेनै भए ।

कयु आफ्ना पासपोर्ट नबिकरण त कति भिसा परिवर्तन वा अति आबस्यक जस्ता आफन्तको मृत्यु र मृतकको सब नेपाल पठाउनु पर्ने जस्ता तर यहाँका कर्मचारीको मनोमानी हेर्ने हो भने यो कुनै व्यक्तिको कम्पनी हो । जसलाई मन लग्यो जैले मन लग्यो तेही दिन  बन्द ।

आज कुनै दसैँ, दिवाली वा इदको बिदा थिएन वा पुष २७ पनि होइन जहाँ कार्यालय अनौपचारिक रुपमा बन्द जस्तै हुनु पर्ने । तर जे देखियो अल्लि भिन्न बाहिर तिर सयु नेपाली मजदुरहरु आफ्ना समस्या लिएर उभिएका छन् तर प्रया सबै माथिल्लो निकया वा मजदुरसंग सरोकार राख्ने अफिशका ढोका बन्द छन् ।

सर्वसाधारणका हुल बाहिर यात्र तत्र छन् कोहि कसैलेको चासो छैन, नत त्यहाँको भिडलार्इ एकत्रित गर्ने वा कसैको समस्या लार्इ वास्ता गर्ने । यसै मध्यमका एक पीडित  हुन् कुनै १ कम्पनीमा काम गर्ने मजदुर खिम सुनार जो आफ्नो साथी मृतक गोविन्द राज कार्कीको लास नेपाल पठाउनको लागि डकुमेन्ट तयार पार्न नेपाली दूतावासमा दुई दिन देखि धाइरहेको छन् ।

सुनारका अनुसार हिजो अर्थात ९ जनवरी २०१७ मा यहाँ आए तर  उनलाई बिभिद पेपर नमिलेको भनि फर्काइयो र आज १० जनवरी २०१७ मा बिहान ७ बजे देखि दुताबासको ढोकामा पर्खि बसेका रैछन, आज  अफिस ९ बजे खोलियो तर कोहि पनि अफिशमा बस्ने कर्मचारी आएनन् र सुनारले १०ः४१ बजे उपस्थित कार्यालयका सहयोगी कर्मचारीसँग सोध्दा थाहा पाए कि  सबै जसो कर्मचारीहरु नेपालबाट आज पाल्नु हुने मन्त्रिज्युको स्वागतमा आबश्यक सामान किन्न  कतारमा प्रमुख मानिएका सफारी मल,  लुलु हाइपर मार्केट, सिटि सेन्टर तिर गएका  रहेछन् ।

यहाँ बाहिर हेर्दा करिब २०० को हाराहारीमा कामदार आ आफ्नो समस्या लिएर बस्नु भएको छ, तर दूतावासका कर्मचारी भने नेताका चाकरी गर्न तत्लिन देखीको बुझियो । १ जना  कन्चनपुर घर भएका रमेश चौधरी ले भने  हामी चारलाख कामदारको हकहितको लागि बसेको दूतावासका प्रया सबै कर्मचारी नेताको चाकरिमा दौडनछन् भने हामीले कुन चाई सेवा र सुबिधाको अपेक्षा गर्ने भन्दै आफ्नो गुनासो पोखेका थिए ।

जानकरी अनुसार नेपाल बाट प्रराष्ट्र मन्त्री कतार हुँदै अमेरिका जान आउनु लाग्नु भएको रहेछ र उहाँको सम्मानमा केहि दिनदेखि दुताबास तल्लिन छ र सुनिन्छ यहाँ मन्त्रिज्यु  बस्दसम्म दुताबासको समस्या यस्तै देखिने पक्का छ । यस समस्या तिर दुताबासका कार्याकारी र खूद नेपाल सरकारको ध्यान जान आवश्यक देखिन्छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan