Wednesday 29th of March | २०७३ चैत १६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नक्सालबासी धरापमा, पिचरोड नै खस्दा पनि मौन रह्यो सुरक्षा निकाय ?

सुशील श्रेष्ठको अत्याचारी अझै जारी

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ पुस । नक्सालस्थित प्रहरी हेडक्वाटरको अगाडी, भगवतीबहालको पश्चिम–उत्तरतर्फ जगदम्बा समूहले निर्माण थालेको जगदम्बा हस्पिटालिटी प्रालिको अण्डरग्राउण्डसहित सत्रतले गगनचुम्बी ‘तारे होटल’ निर्माणका नाममा खनिएको गहिरो जगका कारण आइतबार विहान अगाडीको पिच सडकको आधा र सोमबार साँझ उत्तरतर्फ ५ मिटरबढी जग्गा भासीएर खसेको छ भने वरपरका घर खस्नै लागेको स्थितिमा पुगेका छन् ।

दुई पटक गरी भासीएको जमिनले मानवीय क्षती नभए पनि कुनै पनि बेला वरपरका घर भासिएर अकल्पनीय दुर्घटनाको खबर सुन्नु पर्ने स्थिति आउन सक्ने देखिएको छ ।

होटल निर्माणका नाममा भइरहेका गतिविधीले आफूहरु असुरक्षित रहेको र चौविसै घन्टा काम भइरहँदा सास्ती भोग्नु परेको भन्दै विगतदेखि नै छिमेकीले विभिन्न निकायमा गरेको हारगुहारको समयमै सुनुवाई नहुँदा अहिलेको अवस्था निम्तिएको हो ।

यसमा गहिरो जग खन्न दिने निकाय महानगरपालिका र आफ्नै नाक अगाडी गगनचुम्बी भवन बन्दै गर्दा स्वयम् आफ्नै लागि पनि भविष्यमा खतरा नदेखेको प्रहरी प्रधान कार्यालयका जिम्मेवार अधिकारी दोषी छन् । यद्यपि, उनीहरुले आफ्नो कमजोरी स्वीकारी रहेका छैनन् ।

वेसमेन्ट निर्माणका क्रममै त्यत्रो दुर्घटना हुँदा समेत प्रहरीले दोषीमाथि कुनै खबरदारी नगर्दा निर्माण प्रक्रियाको जिम्मेवार व्यक्ति जगदम्बा समूहका कारिन्दा सुशील श्रेष्ठको ‘दादागिरी’ जारी छ । विगतमा उसैको अमानवियशैलीका कारण छिमेकीले चरम कष्ट बेहोर्दै आउनु परेको हो ।

सडक र जग्गा समेत भासीने गरी भएको घटनापछि पनि जगदम्बा समूहको कारीन्दा सुशील श्रेष्ठले पिडीत छिमेकीलाई मंगलबार आफ्नै कार्यालयमा डाकेर निर्माण कार्य नरोकिने धम्की दिएको पिडीत पक्षको गुनासो छ ।

विगतमा हेभी इक्यूमेन्टस् प्रयोग गर्दै रातदिन निर्माण कार्य भइरहँदा वरपरका छिमेकीले न रातमा चैनले सुत्न पाएका छन्, न दिनमै आरामका साथ बस्न तथा मनोरञ्जनका साधन नै प्रयोग गर्न सक्ने अवस्था थियो ।

अहिले अगाडी र साइडको जग्गा भासिएपछि आफूहरुको घर पनि भासीने डरले छिमेकीहरु त्रसीद अवस्थामा छन् । प्रहरी महानिरीक्षकसहितका उच्च अधिकारीले समेत छिमेकीले विगतदेखि नै भोग्दै आएको तनाव बारे जानकारी पाइरहँदा पनि समस्याको निराकरण हुनु त परैको कुरा अहिले यत्रो ठूलो दुर्घटना हुँदा समेत प्रहरी नेतृत्व मौन देखिनु शंकाष्पद छ ।

सामान्य घट्नामा दोषीलाई पक्राउ गर्न तम्सीने प्रहरी अहिले यत्रो चरम लापरवाहीका कारण आफ्नै मुख्यालयका अगाडी भएको लापरवाहीपूर्ण कार्यले निम्ताएको दुर्घटनामा पनि दोषीलाई उन्मुक्ति दिलाउन खोज्नुले प्रहरीमाथि नै शंसय उत्पन्न हुनु स्वभाविक हो ।

अन्यथा प्रहरी नेतृत्वले कम्तीमा पनि प्रोजेक्टको जिम्मेवारी हेर्ने कारीन्दा सुशील श्रेष्ठ र निर्माण कार्य हेर्ने धिरेन्द्र मिश्रलाई नियन्त्रणमा लिन किन सकिरहेको छैन ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan