Thursday 27th of July | २०७४ श्रावण १२ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उपप्रधानमन्त्री निधि र श्रीलंकाका राजदूतबीच भेट

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ पुस । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग नेपालका लागि श्रीलंकाली राजदूत डब्लुएस पेरेराले शिष्टाचार भेट गरेकी छन् ।

मंगलबार दिउँसो गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका बिषयमा कुराकानी भएको थियो । भेटमा श्रीलंकाली राजदूत पेरेराले आगामी वर्ष नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध कायम भएको ६० औं वर्षको अवसरमा निकट भबिश्यमै श्रीलंकाली राष्ट्रपतिले नेपाल भ्रमण गर्ने जानकारी गराउनु भयो । 

राजदूत पेरेराले गत बर्षको भूकम्पबाट क्षति भएको आनन्दकुटी बिहार र रातो मच्छेन्द्रनाथको मन्दिर श्रीलंका सरकारले पुनर्निर्माण गर्ने जानकारी गराउनु भयो । 

त्यस अबसरमा उपप्रधानमन्त्री निधिले लुम्बिनी भ्रमणमा आउने श्रीलंकाली पर्यटकको संख्या वृद्धि हुँदा दुई देशबीच जनस्तरसम्मको सम्बन्ध प्रगाढ बन्दै गएको उल्लेख गर्नुभयो ।

गृहमन्त्री निधिले संविधान जारी भएपछि नेपालमा लगानीमैत्री वातावरण बनेको भन्दै विकासमा साझेदारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भूकम्पपछिको पुनःनिर्माणलगायत विभिन्न क्षेत्रमा श्रीलंकाले गरेको सहयोगका लागि धन्यबाद दिनुभएको थियो ।

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan