Tuesday 17th of October | २०७४ असोज ३१ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेलमिलापको एक दशक पूरा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ पुस । विगत १० वर्षदेखि स्वराज्य मेलमिलाप अभियानको आइतबार वार्षिकोत्सव सम्पन्न भएको छ । विगत दशकदेखि चलाइरहेको सो अभियानको वार्षिकोत्सवको अवसरमा मेलमिलापका अभियन्ता केशवप्रसाद चौलागाईंले विविध कार्यक्रमसहित सम्पन्न भएको जानकारी दिनुभयो ।

मेलमिलाप अभियान तथा सूर्य साधना र सूर्यसम्बन्धी अध्ययन अनुसन्धान गर्न भारत, चाइना, जापान, रसिया लगायत विभिन्न मुलुकबाट मान्छेहरु आइरहेको पनि चौलागाईंले बताउनुभयो । एक दशकको अथक प्रयासपछि चौलागाईंले सूर्यघाटलाई नयाँ धार्मिक पर्यटनको प्याकेज बनाउँदै अघि बढिरहनुभएको छ ।

स्वराज्य मेलमिलापको भावी विश्वको आधारको रुपमा साधनात्मक हिसाबले अघि बढिरहेको र अनुसन्धान गर्नेहरु पनि बढेको अभियन्ता चौलागाईंले बताउनुभयो ।

सूर्यको साधना सूर्य सम्बन्धी अध्ययन अनुसन्धान, सिद्ध लामा गुरु तिलोप्पा र नारप्पाको पनि साधना स्थल भएको र स्वदेशी तथा विदेशी भक्तहरुको आकर्षणको केन्द्र बन्दै गइरहेको चौलागाईंले बताउनुभयो ।

मानदेवकी छोरी विजयबतीले स्थापना गरेको पुरातात्विक महत्वको शिवलिंग पनि रहेकोले पुरातात्विक अनुसन्धानकर्ताहरु पनि आकर्षिक हुने गर्दछन् ।

चौलागाईंकै अगुवाईमा विभिन्न समयमा सरसफाइ अभियान भइरहेकोले पशुपति क्षेत्रलाई सुधार गर्न यसले योगदान पुगिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan