• FB
  • FB
  • FB
Saturday 21st of January | २०७३ माघ ८ शनिबार

नेपाल बैंकले पायो आस्वा प्रणालीको अनुमती

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

काठमाडौं, २६ पुुस । नेपाल धितोपत्र बोर्डले सार्वजनिकरुपमा निष्कासन हुने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र (एफपिओ) को निष्कासनको समयमा लगानीकर्ताबाट दरखास्त फाराम संकलन तथा तत् सम्बन्धी कार्य गर्न  नेपाल बैंक लिमिटेडलाई अनुमति दिएको छ ।

सो अनुमति पश्चात  नेपाल धितोपत्र बोर्डले लागु गरेको आस्बा प्रणाली मार्फत बैंकले  लगानीकर्ताबाट दरखास्त फाराम बुझी लिई उनीहरुको खातामा रकम रोक्का गर्नेछ ।

यस प्रणालीमा लगानीकर्ताले माग गरेको सेयर बराबरको रकममात्र रोक्का हुनेछ र पछि सेयर बाँडफाँडमा परेको रकम कटौती गरी बाँकी रकम  खातामा नै रहिरहने सुबिधा बैंकले लगानीकर्तालाई दिनेछ ।

नेपाल बैंक लिमिटेड नेपालको पहिलो तथा ऐतिहासिक बैंक भएको र बैकले हाल पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरित गरी एक सय ३० वटा शाखा मार्फत समयानुकूल आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan