• FB
  • FB
  • FB
Sunday 22nd of January | २०७३ माघ ९ आइतबार

पृथ्वीनारायणका सन्तानहरूले गरेका गल्तीसँग जोडेर उहाँलाई अपमान किन गर्ने ?

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

काठमाडौं, २६ पुस । ठकुरी सहयोग सञ्जाल नेपालले पौष २७ गते राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सञ्जालका अध्यक्ष रमेशजंग शाहले आधुनिक नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सरकारले राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक विदा दिनुपर्ने माग गरे।

उनले भने,‘विगत दशवर्ष देखि परिवर्तनको नाममा राज्यले राष्ट्र निर्माताको अपमान गरेको छ, शाहलाई एकताका प्रतिकको रुपमा लिन नसक्नु राज्यको ठुलो भुलहो, विगत ३ बर्ष यता माहाीले निरन्तर यस्तो मागगर्दै आएका छौँ, यो सरकारले यदि विदा नदिए हामी आन्दोलन गर्नेमा पुग्नेछौँ, त्यतिबेला कसैको भलो हुने छैन्।’

त्यस्तै सञ्जालका उपाध्यक्ष महेन्द्र विक्रम शाहीले पृथ्वीनारायण शाहलाई राज्यले चिन्न नसकेको आरोप लगाए। उनले भने,‘पृथ्वीनारायण शाहका सन्तानहरूले गरेको गल्तिलाई लिएर उनको अपमान गरिँदैछ, यो राज्यको ठुलो भूल हो, अन्यदेशका राजाहरू पहिले राजा हुन्छन् पछि देश बनाउनेमा लाग्छन् तर हाम्रो देशका पृथ्वीनारायाण शाहले पहिले देश बनाउँनु भयो वल्ल पछि नेवारकी छोरीको खुट्टाको पानि खाएर मात्र राजा बन्नु भएको ईतिहास साँक्षी छ।’

कार्यक्रममा परिबेश मल्लले विश्वमान चित्रमा एक टुक्रा जमिनको नाम नेपालको छ वा हो भन्ने महान ईतिहास रच्ने राष्ट्रिय विभूतिका पनि विभूति पृथ्वीनारायण शाह भएको उल्लेख गर्दै भने,‘उहाँलाई नसम्झने नेपालीको लागि गम्भिर दुर्भाग्य हो, अर्को तर्फ देश बनाउँने मानिस संसारमा धेरै लामो समयको अन्तरालमा जन्मीन्छन् हाम्रो देशमा शाह मात्रै जन्मे त्यहाँ भन्दा पछि सबैले देशलाई चिन्न सकेनन्।’

 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan