Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरामा ओम फ्यामिली योगा टेनिस शुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

पुष । आउँदै गरेको माघे सक्रान्ति पर्वको अवसरमा पोखरामा मंगलबारदेखि तेश्रो ओम फ्यामिली योगा कप टेनिस प्रतियोतिगा शुरु भएको छ ।

ओम फ्यामिली योग ध्यान केन्द्रको आयोजनामा लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा उक्त प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन दिन चन्द्र लामाले दिल गौतमलाई ६–२, ६–२ ले, सुरेश श्रेष्ठले हर्क गुरुङ्गलाई ६–०, ६–७ र ११–९ ले, लोक गुरुङ्गले डा. देवलाई ६–०,६–४ ले तथा नविन चालिसेले इनोज गुरुङ्गलाई ६–३, ६–१ ले पराजित गर्दै दोश्रो चरणमा पुगे ।

यसअघि योग केन्द्रका सञ्चालक स्वामि सुनिल श्रेष्ठले प्रतियोतिगा निर्देशक नविन मगरलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगिता उद्घाटन गर्दै श्रेष्ठले पोखरामा टेनिस खेलको संस्कृती जोगाउन तथा पोखरामा टेनिस खेलको माहौल बढाउनका लागि ध्यान केन्द्रले वर्षेनी यो प्रतियोतिगा सञ्चालन गर्दै आएको बताए ।

ध्यान केन्द्रले हरेक विहान ९ बजे हठा योगा, ११ बजे निःशुल्क मेडिटेशन तथा साँझ ५ बजे राज योगा सिकाउँदै आएको श्रेष्ठले सो अबसरमा जानकारी दिए ।

मेन्स सिंगलमा पाँचदिनसम्म चल्ने प्रतियोगिताको विजेता तथा उप–विजेता खेलाडीले नगद सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan