• FB
  • FB
  • FB
Monday 20th of February | २०७३ फाल्गुण ९ सोमबार

एनआईसी एशिया र रेडक्रस बिच सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

कााठमाडौं, २६ पुुस । एनआईसी एशिया बैंक र नेपाल रेडक्रस सोसाइटी बिच देशव्यापी रुपमा रक्तदान अभियान संचालन गर्ने बारे आज एक समारोह बिच संम्झौतामा हस्ताक्षर भएको छ । सो संम्झौतामा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देव रत्न धाख्वाले हस्ताक्षर गर्नु भयो ।

एनआईसी एशियाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान जस्तो अत्यन्त आवश्यक र जरुरी जनस्वाथ्य संग सम्बन्धित विषयलाई लिएर देशव्यापी रुपमा रक्तदान शिविर संचालन गर्ने अभियानको आर्थिक व्ययभार व्यहोर्ने छ भने नेपाल रेडक्रस सोसाइटीले देश भरी रहेका आफ्ना शाखा प्रशाखाको प्राविधिक सहयोगमा रक्त संकलन, भण्डारण र वितरण गर्ने छ ।

एनआईसी एशिया र नेपाल रेडक्रस सोसाइटीको यो सहकार्यको प्राथमिक लक्ष्यमा देशभर एक सय भन्दा बढी रक्तदान कार्यक्रम संचालन गर्ने योजना छ । रक्तदान बारे जनचेतना जगाउनु र “रक्तदान ( जीवनदान” हो भन्ने जागरण साथ धेरै भन्दा धेरै संभावित दाताहरुलाई रक्तदान कार्यक्रममा सहभागी गराएर कुनै पनि नागरिकको रगतको अभावले अकालमा मृत्यु हुन नदिन रगतको अभावलाई अन्त्य गर्नु यस्को दोस्रो लक्ष्य रहेको छ ।

साथै, रक्तदान जस्तो जनस्वाथ्यसंग सरोकार रहेको विषय आधारभूत विषय भएर पनि अझ व्यवस्थित र स्तरीय गर्नु पर्ने महशुस भएकोले रक्तदान शिविरहरुलाई अझ व्यवस्थित, स्तरीय र संस्थागत गर्ने अर्को दुरगामी लक्ष्य समेत यस सम्झौतामा समेटिएको छ ।

आ-आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु¥याउदै आएका यी दुई संस्था ( एनआईसी एशिया बैंक र नेपाल रेडक्रस सोसाइटीको यस सहकार्यले संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा एक अनुपम उदाहरण प्रस्तुत गर्न सक्ने संभावना राख्दछन् भन्ने मन्तव्य प्रमुख कार्यकारी अधिकृत रिसाल र महासचिव धाख्वाले व्यक्त गर्नु भयो ।

एनआईसी एशियाले आफ्नो व्यवसायमा बृद्धि र शाखा संजालको विस्तारमा रणनितिक छलाङ्ग मारेको संदर्भमा संस्थागत सामाजिक उत्तरदायित्वमा समेत आफ्नो सशक्त योगदान दिन सकेको छ । यस क्रममा यस वर्ष सात हजार भन्दा बढी वृक्षरोपण गर्ने अभियान सुचारु रुपले अघि बढिरहेको छ ।

त्यस्तै मुलधार बैंकिङ्गमा समाहित नभएका समुदायलाई लक्षित गर्दै  वित्तिय साक्षरता कार्यक्रम संचालन गर्दै आएको छ । यसरी एनआईसी एशियाले सकारात्मक अभियान मार्फत समाज परिर्वतनमा आफ्नो योगदान पु¥याउदै आएको छ ।

नेपाल रेडक्रस सोसाईटी जस्तो नागरिक सेवामा समर्पित एवं मर्यादित संस्थासंगको रक्तदान सम्बन्धि यो सहकार्य समाजका लागि एक अनुपम उदाहरण हुने र दुवै संस्थाले समाजमा अझ बढी योगदान पु¥याउन सक्ने विश्वास गरेका छन् ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan