Sunday 26th of March | २०७३ चैत १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

घडीको चर्चा ! काजी ट्वाँ ? निधिको छटपटी ! पाण्डे हैरान !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ पुस । घडीको चर्चा ! यतिबेला सहरमा कांग्रेसी सांसद रामहरि खतिवडाको निकै चर्चा छ । चर्चा हुनुको कारण सांसद जस्तो व्यक्तिमाथि घडी चोरको आरोप लागेको छ ।

लाजिम्पाटको हेल्थ क्लबबाट सोझै गृहजिल्ला ओखलढुंगा पुगेका खतिवडाको ट्राउजरको खल्तीमा बहुमूल्य घडी कसले राखिदियो भन्ने कुराले खतिवडा हैरान भएका छन् । पूर्व प्रधानसेनापतिका छोरा प्रवल गुरुङले त्यति बहुमूल्य घडी लगाउँदा चर्चा नहुने, तर, त्यो घडी हराउन साथ सांसद खतिवडाको चर्चा निकै चुलिने ? यो कस्तो लोकतन्त्र हो ?

काजी ट्वाँ ?
हिजो बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले आफू निकटका नेताहरुलाई बोलाएर संशोधन प्रस्तावका साथै ओलीसँग भएको वार्ता बारे ब्रिफ गरे । प्रचण्डको कुरा सुनेर नारायणकाजीले मुन्टो मात्रै हल्लाउँदै थिए । जनार्दन शर्मा चाहिँ पड्किए । जनार्दनले भन्दै थिए–त्यतिबेला ओलीलाई धोका दिनुभयो ।

अहिले त्यही ओलीसँग मिलेर देउवालाई धोका दिने सूर छ कि क्या हो ? प्रचण्डले हाँस्दै भने–मैले भनिसके पहिला जस्तो राजीनामा दिएर हिँड्नेवाल म छैन । राजनीति हो हेर्दै जाउँ भनेपछि नारायणकाजी पनि प्रचण्डको ताल देखेर ट्वाँ परे ।

निधिको छटपटी !
सीबीआईले तस्करी गरेर ल्याएको ३३ किलो सुन पक्राउ गरेपछि अर्थमन्त्री महराको मात्रै होइन, गृहमन्त्री विमलेन्द्र निधिको पनि ओठ मुख सुकेको देखेर उनका निकट तीनछक पर्न थालेका छन् । एयरपोर्टबाट भन्सार र प्रहरीको आँखा छलेर त्यत्रो सुन ल्याउने आट विचरा गोपालबहादुर शाहीले कहाँबाट गरुन् ?

त्यसमाथि शाही भरिया मात्रै हुन् भन्ने कुरा यसअघि उनले पटक पटक सुन ओसारेको बयानबाट पनि पुष्टि हुन्छ । यहाँसम्म त ठिकै थियो, सीबीआईले मुख्य नाइके नै पक्रियो भने महरा र निधिको अनुहार कस्तो होला ? भनेर हिजोआज संसद भवनमा चर्चा चल्न थालेको खबर दृष्टिको बक्रदृष्टिमा उल्लेख गरिएको छ ।

पाण्डे हैरान !
मंगोलियनका परराष्ट्रमन्त्रीलाई नेपाल भ्रमण गराएर विवादमा आएका परराष्ट्रमन्त्री प्रकाशशरण महतले परराष्ट्र नीति पूर्ण परिभाषित नभएकोले त्यसलाई समय सापेक्ष परिमार्जन गर्न लागेको खबर बाहिर आएको छ । जुन सरकारको नीति नै लम्पसारवादमा अडिएको छ, त्यो सरकारले बनाउने परराष्ट्रनीति कस्तो होला ? कुरो नबुझेर रमेशनाथ पाण्डे हैरान भएका छन् रे !  

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan