• FB
  • FB
  • FB
Monday 27th of February | २०७३ फाल्गुण १६ सोमबार

चितवनलाई भेट्रान फुटबल उपाधि

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

काठमाडौं  । चितवन फुटबल क्लबले प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

चन्द्रागिरीको ठूलो ढुंगामा भएको फाइनलमा चितवनले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–० गोलअन्तरले पराजित ग¥यो । चितवनका लागि रविन्द्र श्रेष्ठले १ गोल गरे भने बाँकी २ गोल आत्माघाती थिए ।
चितवनले क्वाटरफाइनलमा ४० प्लस फाउन्डेसनलाई १–० तथा सेमिफाइनलमा वीरगन्ज युथ एकेडेमीलाई ४–० गोलले हराउदै फाइनलमा स्थान पक्का गरेको थियो ।

एकेडेमीले क्वाटरफाइनलमा कैलालीको साइनिङ सन फुटबल एकेडेमीलाई ४–१ तथा सेमिफाइनलमा नाइट किङ क्लब, नाइट किङ क्लब, सानो गौचरणलाई २–१ ले पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

उपाधिसंगै चितवनले १ लाख नगद पुरस्कार हात पा¥यो भने आयोजक एकेडेमीले ५० हजार नगदमा चित्त बुझायो ।
आयोजक एकेडेमीका नरोत्तम गौतम ‘प्लेयर अफ द टुर्नामेन्ट’ चुनिए ।

चितवनका छन्नुराम चौधरी उत्कृष्ट गोलरक्षक घोषित भए । नाइट किङका रवि महर्जन तथा चितवनका रविन्द्र श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । प्रतियोगिता अवधिभर दुवैले समान ४–४ गोल गरे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, एकेडेमीका पूर्व अध्यक्ष रमेश सिलवाल र एकेडेमीका अध्यक्ष एवं सांसद् विनोद श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा मोफसलका ३ सहित ८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan