Thursday 30th of March | २०७३ चैत १७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आज मुलुकभर कहाँ के भयो ? मृत्यु तथा घाइतेहरुको नाम ठेगाना सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, पुस २६ । आज मुलुकभर कहाँ के भयो ? मृत्यु तथा घाइतेहरुको नाम ठेगाना सहित नेपाल प्रहरीको सहयोगमा रिपोट  ट्याक्टर दुर्घटनामा चालकको मृत्यु  
धनुषा - लक्कड–१ स्थित भित्री सडक खण्डमा ना.१ त ३६६१ नम्वरको ट्याक्टर मंगलबार अनियन्त्रित भई दुर्घटना हुँदा चालक ईनर्वा–३ बस्ने ३० बर्षीय राजेश सदाको घटनासथलमै मृत्यु भएको छ ।

 आगलागीबाट क्षति 
संखुवासभा -मतस्यपोखरी–४ कागते बस्ने बहादुर गुरुङको घरमा खोले पकाउने क्रममा मंगलबार आगलागी हुँदा  घर र घर भित्र रहेको सम्पूर्ण समान जलेर करीव ७ लाख ८२ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

 हात्तीको आक्रमणबाट मृत्यु 
चितवन -रत्ननगर नगरपालिका–१८ सौराहा स्थित जंगलमा हात्ती प्रजनन केन्द्रमा हात्तीको बच्चा हेर्न जाने क्रममा भारतको गुजरात घर भएकी आप्mनै परिवारसंग घुम्न आएकी २२ बर्षीया स्नेहा कानपराको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

मंगलबार हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि चितवन मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

 कुटपिटबाट मृत्यु 
धनुषा - मिथिला नगरपालिका–४ सावे डाडो बस्ने २६ बर्षीय कुमार सार्कीको कुटपिटबाट मृत्यु भएको छ । उनलाई सोमबार मादक पदार्थ सेवन गरेका सोही ठाउँ बस्ने ४५ बर्षीय बुद्ध बहादुर मगरले मिथिला नगरपालिका–८ बडहरी बजारमा कुटपिट गर्दा घाइते भएकोले स्थानीय मेडिकलमा सामान्य उपचार गराई घर लगिएकोमा मंगलबार असक्त भएकोले उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
फरार मगरको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
 
मृत अवस्थामा फेला   
काठमाडौँ - काठमाडौँ महानगरपालिका–९ सिनामंगल भत्केको पुलमा मंगलबार सिनामंगल एरियामा मागी खाई हिड्ने नाम,थर,वतन खुल्न नसकेका अंदाजी ६० बर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर - ललितपुर उपमहानगरपालिका–१ कुपण्डोल स्थित पाटीमा मंगलबार नाम,थर,वतन खुल्न नसकेको अंदाजी ७० बर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan