Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल आयल निगम द्वारा गायक सिताराम पोखरेललाइ सम्मान

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौँ । नेपाली गायन क्षेत्रमा बिगत तिन दशक भन्दा लामो समय देखि पुर्याएको योगदान स्वरुप नेपाल आयल निगमले आफ्नो ४७ औ बार्षिकोत्सबको अबसरमा गायक सिताराम पोखरेललाइ सम्मान गरेको छ l

गायक सिताराम पोखरेल नेपाल आयल निगमका कर्मचारी निर्देशक समेत रहेका छन l सदाबहार गित आखाको नानि हौ तिमि भन्ने गित गाएर चर्चाको शिखरमा बस्न सफल तथा दर्जनौ हिट तथा सदाबहार गित गाएर नेपाली दर्शक तथा श्रोताहरुको मन मुटुमा बस्न सफल बरिष्ट गायक सिताराम पोखरेल २०४४ साल देखि निरन्तर सांगीतिक फाटमा लागेर एक सय पचास भन्दा बेसी सुमधुर गीतमा आफ्नो आवाज भरि सकेका छन l

निरन्तर संगीत सधानामानै लागेर उनले नेपालमा मात्र नभएर देश बिदेशमा समेत चर्चा कमाइ सकेका छन l

भर्खरै मात्र अमेरिका,सिंगापुर, मलेसियामा सम्मान ग्रहण गरेका पोखरेलले नेपाल पत्रकार महासंघ पर्सा, लाइन्स क्लब अफ पोखरा, लेखनाथ ज्यासिस, नेपाल भारत मैत्री संघ बाके, भानु कला केन्द्र बिराटनगर, पुर्बाञ्चल संगीत कलाकार संघ बिराटनगर, राष्ट्रिय गायन सम्मान, राष्ट्रिय नागरिक सेवा सम्मान लगायत अन्य धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पाईसकेका छन l

गायन संगै समाजसेवामा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएका गायक पोखरेल मिजाशिला व्यक्तित्वका धनि पनि छन l


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan