Wednesday 20th of September | २०७४ असोज ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल पौष २८ गते बिहीवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । पौष महिनाको २८ गते बिहीवार ।
अँग्रजी मितिः ई.सं. २०१७ जनवरी महिनाको १२ तारिख ।
योगः  वैधृति योग ।
तथीः हेमन्त ऋतु पौष शुक्लपक्षको पूर्णिमा, १७ः४० बजेपछि माघकृष्णपक्षको प्रतिपदा तिथी । 
नक्षत्रः पुनर्वसु नक्षत्र ।
करणः बव १७ः४० बजेसम्म उपरान्त बालव करण ।
चन्द्रमाः  मिथुन राशिमा, २०ः५२ बजे पछि कर्कट राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५८ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः२७ बजे ।
राहुकालः १३ः३०  बजेपछि १४ः५० बजेसम्म ।
यात्राः पश्चिम दिशाको लागि उपयुक्त छ ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन हिम्मतिलो रहनेछ । शरीरमा शक्ति तथा स्फुर्ति र जोशजाँगर बढेर आउने एवम् काममा रुचि बढ्ने हुनाले रोकिएर रहेको महत्त्वपूर्ण काम पूरा गर्न सकिनेछ । मान्छेहरुबाट प्रशंसा पाइने र मुख्य कार्य सम्पादन गर्न सहयोग पनि जुट्ने एवम्उत्साह तथा उमङ्ग बढ्नेछ । दाजुभाईबीचको सहकार्य अघि बढ्नेछ । व्यवसाय तथा पेशागत कर्मक्षेत्रबाट आफ्नो हैसियत अनुसारको आर्थिक लाभ गर्न सकिनेछ । प्रतिस्पर्धामा विजय भइने तथा पुरस्कार आदि आकस्मिक लाभ हातपार्न र सामाजिक प्रख्याति कमाउन सकिनेछ । 

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन केही अदृष्य रोकावटको बाबजुतपनि सकारात्मक नै देखिएको छ । सावधानीपूर्वक वाणी व्यवहार गर्नाले बोलीवचनले मान्छेहरुलाई प्रभाव पार्नसकिने छ । सञ्चित धनको व्यय हुनसक्ने र व्यवसाय आदिबाट आर्थिक आम्दानी हुने, दुबैको सम्भावना रहेको छ । परोपकार एवम् सामाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ भने केही प्रयत्नले नाता–कुटुम्ब सम्बन्धमा सुधार ल्याउन सकिने छ । आज यहाँहरुको लागि दुई अंक, सेतो रंग शुभ रहने छ भने अदृष्य रोकावट निवारणको लागि विद्यार्थीले माँ सरस्वतीको र सर्वसाधारण सबैले माँ वगलामुखीको भक्तिभाव गर्नु हितप्रद हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन खुशी एवम् उत्साह र उमङ्गिलो भएर बित्ने देखिन्छ । इष्टमित्रहरुको आगमनले पारिवारिक वातावरण रमाइलो हुनेछ । पेशा तथा व्यवसायका कामहरु थपिनसक्ने छन् । दिनचर्या व्यस्त नै रहनेछ । स्वागत सत्कारको अवसर पनि प्राप्त हुनसक्ने छ । कार्यक्षेबाट हैसियत एवम् औकात अनुसारको फाइदा उठाउन सकिनेछ । जागिर एवम् समाजसेवा र राजनीतिक क्षेत्र आदिमा पनि सन्तोषप्रद वातावरण बन्नसक्ने छ । यहाँहरुको लागि आज एक अंक, पहेंलो रङ्ग र गुरुजनको सेवाश्रद्धा उपयुक्त रहनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य कार्यलाई पनि बढी मेहनत गर्नुपर्ने दिन रहेको छ । विचार नपुर्याइ जोशमा आएर कुनै पनि विषयको आसक्ति नगरेकै राम्रो हुनेछ । फजुल खर्च तथा यात्रा आदिलाई ग्रह स्थितिले प्रोत्साहन गरिरहेकोले सोँचविचार नगरी गरिएको कामले पश्चाताप पार्नपनि सक्नेछ ख्याल पुर्याउनु होला । पारिवारिक वा प्रेमसम्बन्धमा पनि केही वितृष्णा पैदा हुनसक्ने छ । हतोत्साहित नभइ आफ्नो कार्यमा लगनशीलतापूर्वक लागिरहनाले अन्तिममा केही लाभ हातपार्न सकिनेछ । यहाँको लागि आज तीन अङ्क र पहेंलो रङ्गको उपयोग गर्नु हितकर हुनेछ भने नगरी नहुने कार्यमा सफलताको लागि कुमारी कन्यालाई उपहार दिनु एवं गुरु आर्शिवाद लिनु विशेष हितकर हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । समयको राम्रोसँग सदुपयोग गरेको खण्डमा जाँच एवम् परीक्षा तथा प्रतिस्पर्धामा उर्तिण तथा विजयी भइने दिन परेको छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी दिनको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह कुरा चल्नसक्ने छ । समर्थन तथा सहयोग गर्ने इष्टजनहरु पनि मिल्ने छन् । आज महत्त्वपूर्ण काम बन्नसक्ने सम्भावान छ । यहाँलाई आज दुई अंक, सेतोरङ्ग उपयुक्त हुनेछ भने विद्यार्थीलाई सरस्वती स्तुतिले थप हित गर्नेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन केही मानमर्यादा एवं अवसरको सम्भावना छ तर आफ्नै व्यवहारमा कमिकमजोरी रहनाले तथा आत्मबलमा ह्रास आउनाले प्राप्त हुने उपलब्धिलाई सम्हाल्न नसिकने हो कि भन्ने लक्षण देखिन्छ । विशेष गरी कामकार्यमा विपरितलिङ्गीबाट असहयोग हुनसक्नेछ । तथापि राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने लक्षण छ । व्यापार व्यवसायबाट केही लाभ गर्नसकिने छ भने उच्च आहोदाका व्यक्तित्त्वसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने आत्मबल बढाउन ज्योतिषीय दृष्टिमा माँ बगलामुखीको सेवा आराधनाको साथमा कन्यालाई दानदक्षिणा दिनु शुभदायक हुनेछ । 

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन कमजोरी खोज्नेहरु सक्रिय देखिने छन् । आफूभन्दा माथिल्लो निकायलाई सिकाय पुग्ने हुनाले कामक्षेत्रमा केही अपयश पनि व्यहोर्न पर्नसक्ने छ । केही असफल चक्रब्यूहको शिकार भइनसक्ने छ तर, आत्मबल नगिराइ दृढताको साथमा आफ्नो कर्तव्यबाट विचलन नभएमा अन्ततोगत्त्वा परिणाम आफ्नो पक्षमा ल्याउनसकिने छ । धार्मिक चिन्तन र सदाचरणको अभ्यासले जयतर्फ लैजाने छ । व्यापार व्यवसायको क्षेत्रमा पनि आकस्मिक लाभ हुनसक्ने छ । नौं अङ्क, पहेंलो रातो तथा सेतो रङ्गका वस्तुहरुको उपयोग आज यहाँको लागि फापसिद्ध हुनेछ भने गुरुजनको आर्शिवाद लिनु थप सफलताकर हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन सोँचेभन्दा बढी संघर्ष गर्नपर्ने खालको दिन देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ । हतार नगर्नु तथा सोँचविचार गरेर चल्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । आज ध्यानाभ्यास गर्नु यहाँको लागि उपयुक्त हुनेछ भने आठ अंक, रातो रङ्ग र बाधाबिघ्न निवारणको लागि सर्वसाधारणले माँ वगलामुखी र विद्यार्थीहरुले सरस्वतीको साधना गर्नु शुभ हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन भौतिक सुखकर रहनेछ, तथापि खोजेकै भौतिक उपलब्धि हुनको लागि ग्रहको अबरोध पनि देखिएको छ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्धमा केही सम्झौताले सुधार ल्याउनसकिने छ । कसैकसैमा आकस्मिक आक्रोश पैदा हुनसक्ने वा कपट प्रेमको फन्दामा फस्नसकिने समेत सम्भावना देखिएको छ । बुद्धिविवेक पुर्याएर होसियारी अवलम्बन अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । उच्चरक्तचाप आदिका रोगीले भने आहारविहारमा विशेष होसियारी गर्नुहोला । यात्रा, व्यापार व्यवसाय आदिको योग परेको छ । सात अङ्क,, सेतो रङ्गको प्रयोग शुभ रहने छ भने भगवान श्री गणेशको सेवाआराधना तथा स्तुति गर्नु आज तपाईँको लागि फापसिद्ध हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख देखिए पनि विशेष मानिएको कार्यमा गन्तव्यचुम्न संघर्ष देखिएको छ । सामान्यतया आरोग्यता र हिम्मत–क्षमता बढ्दाबढ्दै पनि सो“चेकै कार्यमा सफलता हातपार्न अल्लि कठिन पर्ने देखिन्छ । दैनिकी कामकार्य तथा पेशाको क्षेत्रमा स्वभाविक सफलता एवं लाभ प्राप्त हुनेछ । शुभेच्छुक जनहरुबाट पनि केही काम लिन सकिनेछ । यात्रालाई पनि गोचरले प्रोत्साहन गरेको छ, मान्यजन वा विरामी जनको भेट्घाटमा समयको सदुपयोग गर्नु उचित हुनेछ । राजनीति, समाजसेवाजन्य क्षेत्रमा केही सकारात्मक परिणाम हातपार्न सकिने छ । मुख्य कार्यमा देखिने संघर्ष निवारणको लागि माँ इन्द्रायणी प्रतिको सेवा समर्पण थप लाभसिद्ध हुनेछ । 

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन ज्ञानविवेकको सदुपयोग गर्नसकिने र प्रशंसा मिल्ने रहेको छ । विद्यार्थीको लागि बढी उपयोगी दिन रहनसक्ने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने छ । ज्ञानोदयको ग्रहप्रभावले कलाकौशलता बढाउने र दार्शनिक तथा सैद्धान्तिक पक्षमा खरो उत्रनसकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक सङ्कलन गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । बुद्धिको चलख्याईले प्रमि तथा प्रेमिकालाई आकर्षण गर्न सकिनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्ग फापकर हुनेछ भने शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन बोली व्यवहारमा केही सावधानी अप्नाउनु पर्नेछ । कसैसँग मनोमालिन्य हुनसक्ने तथा मनमा संकोच बढ्नसक्ने सम्भावना छ । कामकार्यमा पनि अबरोध एवम् प्रतिकूलताको ग्रह लक्षण रहेकोले अल्लि बढी यत्न गर्नुपर्ने तथा बुद्धि पुर्याउन पर्ने जरुरी हुनेछ ।  स्वास्थ्यमा पनि केही मन्दि आउनसक्ने छ । पारिवारिक समस्या थपिने र गर्नलागेको काममा विलम्ब हुने सम्भावना छ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमा वा मातृशक्तिको आर्शिवादले अनिष्ट निवारणमा मद्दत गर्नेछ ।
 

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan