Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मनाङमस्र्याङ्दी सेमिफाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan

धनगढी, २६ पुस । ‘ए’ डिभिजन क्लब मनाङमस्र्याङ्दी यहाँ जारी ‘सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्वार्टर फाइनलमा भुटानको डुकस्टार फुटबल क्लबलाई २–० गोलले हराउँदै मनाङ सेमिफाइनलमा पुगेको हो ।

मनाङको जितमा ५१औँ मिनेटमा ओलावा ओफिज र ८९औँ मिनेटमा सुशील लामाले गोल गरेका थिए ।

बुधबार अन्तिम क्वार्टरफाइनलमा नेपाल आर्मी क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । मनाङसँगै भारतको दिल्ली युनाइटेड र आयोजक सुदूरपश्चिम—११ यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

सेमिफाइनलमा मनाङले दिल्ली युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक सुदूरपश्चिम–११ ले भने सेमिफाइनलमा नेपाल आर्मी र सङ्कटाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यही पुस २१ गतेदेखि जारी प्रतियोगिताको विजेताले रु पाँच लाख, उपविजेताले रु दुई लाख ५१ हजार पाउनेछन् । रासस
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan