Sunday 26th of March | २०७३ चैत १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संशोधन प्रस्ताव छिनोफानो भएपछि मुलुक निर्वाचनमय हुन्छ : नेता सिटौला

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

इनरुवा, २६ पुस । नेपाली काँगे्रसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन प्रस्ताव छिनोफानो भएपछि मुलुक निर्वाचनमय हुने बताउनुभएको छ ।

नेपाली काँग्रेस सुनसरीले आज इनरुवामा आयोजना गरेको अन्तरक्रियामा उहाँले केही असन्तुष्टिका बीचमा प्रस्ताव दर्ता भए पनि पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

नेता सिटौलाले अहिलको वर्तमान समस्या संविधान संशोधनबाट समाधान हुने र मुलुक निर्वाचनमा जाने बताउँदै वैशाखभित्रै स्थानीय तहको निर्वाचनको तयारी भइरहेकाले यसका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

एमाले नेतृत्वको सरकारले भन्दा वर्तमान सरकारले सकारात्मक काम गरिरहेको उहाँले बताउनुभयो । रासस 

न्यूज अभियान डट कमको अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् र हरेक खबर विशेष खबरका लागि पल-पलको अपडेट पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan