Thursday 27th of July | २०७४ श्रावण १२ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्थानीय तह कार्यान्वयनमा आएपछि जनताले थप सेवा पाउँछन्ः मन्त्री पाण्डे

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

हेटौँडा, २६ पुस । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अधिकार सम्पन्न स्थानीय तह कार्यान्वयनमा आएपछि जनताले थप सेवा पाउने बताउनुभएको छ ।

थाहा नगरपालिकाको चौथो नगरपरिषद्को आज यहाँ उद्घाटन गर्दै उहाँले स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्ले पारित गरेपछि कार्यान्वयनमा आउने बताउनुभयो ।

मन्त्री पाण्डेले भूकम्पपीडितलाई अनुदान वितरण र आवास पुनः निर्माणमा सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै पीडितले दुई वटा जाडो पालमुनी बिताइसक्दा पनि अनुदान सम्झौता र निजी आवास निर्माण कार्यमा ढिलाई भएका कारण नै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसँग सरकारले स्पष्टीकरण मागेको छ भन्नुभयो ।

थाहा नगरलाई कृषि र पर्यटनका माध्यमबाट विकास गर्न सकिने भएकाले सरकारले यसलाई पर्यटकीय नगर घोषणा गरेको बताउँदै उहाँले थाहा नगरको विकासको आधार नै कृषि र पर्यटन रहेकाले यहाँ कृषि र होटल व्यवस्थापनको क्याम्पस खोल्ने योजना बनाउन नगरपालिकालाई निर्देशन दिनुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, “तत्काल क्याम्पस खोल्न सम्भव नभए तालिम केन्द्र खोलेर भए पनि दक्ष जनशक्ति उत्पादन गर्नुहोस् ।”

यसैगरी मन्त्री पाण्डेले थाहा नगरपालिका भवन तथा डिजिटल बडापत्र र डिजिटल सूचनापाटीको पनि आजै उद्घाटन गर्नुभयो । रासस

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan