• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

सात दिनदेखि आमाको किरिया गरेर बसेका छोरीहरु भन्छन्, ‘हामीलाई विभेद नगरियोस्’

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

काठमाडौं, २७ पुस । गोरखा बुङकोटका १६ वर्षकी मेलिना र १४ वर्षकी इन्दिरा श्रेष्ठ सात दिनदेखि आमाको किरिया गरेर बसेका छन् ।

उनीहरुकी आमा फुलमायाको गत वुधबार मस्तिष्कघातका कारण मृत्यु भएपछि उनीहरु किरिया बसेका हुन् । उनीहरुका बुबा ढकबहादुरको दुबै खुट्टा छैनन् ।

दाजुभाइ पनि छैनन । उनीहरुले नै आमाको शब बोकेर घाटसम्म पुर्‍याएर दाहसँस्कार गरे अनि किरिया बसिरहेका छन् ।

‘शारीरिक रुपमा कमजोर बुबालाई छोरीले पनि आइपर्ने सबै काम गर्न सक्छन् भन्ने देखाउँन हामी किरिया बसेका हौं’ मेलिनाले भनिन्, ‘छोरा छैन भनेर बुबाको मन खिन्न नहोस् भन्ने हाम्रो चाहना छ ।’

 उनीहरु दुबै जना दश कक्षामा अध्ययनरत छन् । ‘छोरीलाई किरिया बस्न कठिन हुँदो रहेछ । विभेद हुँदो रहेछ ।’

उनीहरु भन्छन्, ‘हामी पनि छोराजत्तिकै सक्षम छौं, हामीलाई कुनै पनि सामाजिक काममा विभेद नगरियोस्’ । खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा  छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan