मन्त्रिपरिषद्को बैठक बस्दै, हट्लान त सुशील ज्ञवाली ?
सीईओबारे आज निर्णय हुने

काठमाण्डौ, २७ पुस । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीबारे निर्णय लिन बुधबार मन्त्रिपरिषद्ले ९ बजे बैठक बोलाएको भएतापनि बैठक केहि समय ढिलाई गर्दै ९:३० बजे बस्दै छ ।
ज्ञवालीको दोस्रो स्पष्टीकरणको जवाफमाथि छलफल हुने र प्राधिकरणमा उनको भविष्यबारे निर्णय हुने जानकारी स्रोतले दिएको छ ।
ज्ञवालीले भूकम्पमा भत्केका भौतिक संरचना पुनर्निर्माण र पीडितलाई घर पुनर्निर्माण अनुदान वितरण कार्य प्रभावकारी रूपमा अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको निष्कर्षका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनलाई लिखित स्पष्टीकरण मागेको थियो ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले ज्ञवालीको स्पष्टीकरणको जवाफ चित्तबुझो नभएको निष्कर्ष निकाल्दै पुन: दोस्रोपटक २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।