Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रिलायन्स फाईनान्सको बार्षिक साधारण सभा सम्पन्न, लाभांस पारित

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

काठमाण्डौ,२७ पुुस । रिलायन्स फाईनान्सले सातौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । फाईनान्सले मंगलबार सञ्चालक समितीका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठको सभापतित्वमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभामा अध्यक्ष श्रेष्ठले फाईनान्सले आव २०७२—०७३ मा आठ करोड ६५ लाख २६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकारी दिएकाछन ।

अधिकृत पूंजी ८० करोड,जारी पूंजी ७१ करोड ३१ लाख ४२ हजार नौ सय र चुक्ता पूजी ४४ करोड ५७ लाख एक सय ४४ रुपैयाँ रहेको फाईनान्समा संस्थापकहरुको ५१ तथा सर्वसाधारणहरुको ४९ प्रतिसत सेयर स्वामित्व रहेको छ । फाईनान्सले हाल चार वटा शाखा मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएकोमा चालुु आर्थिक बर्ष भित्रमा थप चार वटा शाखा बिस्तार गरी आठ वटा पुर्याउने लक्ष्य लिएको छ ।

वित्तीय कारोबार शुरु गरेको प्रथमबर्ष आ.ब. २०६६—०६७ देखि हालसम्म प्रत्येक आर्थिक बर्ष मुनाफा आर्जन गर्न सफल रहेको संस्थाले आव २०७१—०७२ मा २० प्रतिसत बोनस सेयर बितरण गरेको थियो । आव २०७२—०७३ मा भने फाईनान्सले १५ प्रतिसत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

फाईनान्सले यही पुुस २५ गतेसमम्मा झण्डै दुुई अर्ब ५८ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ४१ करोड चार लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan