Saturday 27th of May | २०७४ जेठ १३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिद्र्धाथ डेभलपमेन्ट बैकले पायो आस्वा प्रणालीको अनुुमती

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

काठमाण्डौ,२७ पुुस । सिद्धार्थ डेभलपमेन्ट बैकले आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीको अनुमती पाएको छ । उक्त प्रणाली मार्फत सार्वजनिक निश्काशन (आइपिओ) तथा पुनः निश्काशन (एफपिओ) को सुविधा दिने गरी नेपाल धितोपत्रले बैकलाई अनुुमती दिएको हो ।

प्रणाली मार्फत बैंकमा गएर शेयर लगानीकर्ताले फारम भरेपछि शेयर माग गरे बराबरको रकम खातामा रोक्का हुने तर, सो अवधिमा पनि डिपोजिट रकमको ब्याज भने आइरहने हुन्छ ।

बैंकले शेयर लगानीकर्ता बैंकका निक्षेपकर्ताले भरेको उक्त फारम मर्चेण्ट बैंकलाई पठाउँने र खाताबाट शेयर माग गरेको रकम मात्रै रोक्का राखिनेछ र पछि शेयर परेको रकम खाताबाट कटौति भई बाँकी रकम खातामा नै रहिरहने छ ।

उक्त रकम बाहेक ग्राहकको खाता नियमित सञ्चालन हुने अर्थात बाँकी रकम निकाल्न तथा राख्न सकिनेछ । बोर्डले निकट भविश्यमा नै लागू गर्न लागेको आस्वा प्रणालीमार्फत शेयरमा लगानी गर्ने यस बैंकका निक्षेपकर्ताहरुले यस बैंकको खातामा जम्मा रहेको रकमबाट सार्वजनिक निश्काशन गरिएको शेयरमा लगानी गर्न सक्नेछन् ।

यो सुविधा बैंकका देश भरी रहेका ३३ वटा र निकट भविश्यमा संचालन हुन गई रहेका सात वटा गरी ४० वटा शाखाबाट सुविधा प्रदान गरिनेछ । हाल बैंकको पूर्वमा विराटनगरदेखि पश्चिममा धनगढीसम्म शाखा रहेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan