• FB
  • FB
  • FB
Wednesday 22nd of February | २०७३ फाल्गुण ११ बुधबार

सीईओ सुशील ज्ञवालीलाई आज हटाउने तयारी, मन्त्रिपरिषद सर्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार

काठमाडौं ,२७ पुस । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील ज्ञवालीका विषयमा आज निर्णय लिने भएको छ ।

आज बिहानै बस्ने भनिएको   मन्त्रिपरिषदको बैठकमा ११ :३० बजे बस्ने भएको छ । उनको स्पष्टिकरणको समिक्षा गरेर निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठकमा ज्ञवालीले दिएको २४ घण्टे दोस्रो स्पष्टीकरणबारे छलफल हुनेछ ।

छलफलपछि जवाफ चित्त नबुझे हटाइएको निर्णय हुनेछ । सीईओ ज्ञवालीले भूकम्पमा भत्केका भौतिक संरचना पुनर्निर्माण र पीडितलाई घर पुनर्निर्माण अनुदान वितरण कार्य प्रभावकारी रूपमा अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको निष्कर्षका साथ मन्त्रिपरिषद् उनीप्रति सन्तुष्ट छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनलाई लिखित स्पष्टीकरण मागेको थियो ।

ज्ञवालीले दोस्रो स्पष्टीकरणको जवाफसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाइसकेका छन् । 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan