Sunday 26th of March | २०७३ चैत १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पृथ्वीनारायण शाहलाई अपव्याख्या गर्ने, मुखर्जी नेपाल आउँदा सरकारी बिदा किन ?

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

संझना पौडेल, पृथ्वीनारायण शाह नेपालको निर्माता जस्लाइ व्याख्या बयान गर्नको लागी शब्दको अभाब छ नेपाली शब्दकोषमा ।

एउटा झोले गवार देश द्रोहि मर्दा बिदा घोषणा गर्छ यो सरकार  भनौदों तर रास्ट्रनायकको यत्रो योगदानलाइ कदर गर्न जान्दैन ।

भो अब हामी नेपाली भनेर छाती फुलाउनु पर्दैन ,शिरमा भारतको धोती लगाए हुन्छ सरकार । राजा फालियो भन्दैमा पृथ्वीनारायण शाह लाई हेला गर्ने अधिकार कस्ले दियो ? के हामी हाम्रा बाउ-आमा बिना यो धर्तिका हुने थियौं  ? एक पटक सोचौं सबैले हो ।

त्यस्तै उहाँ बिनाको नेपाल कल्पनापनि गर्न सकिन्न । सबै भन्दा बढी राष्ट्रहितको कुरा गर्नेहरू सबैभन्दा चर्कोरूपमा विदेशी दलाल भएका छन् । दुनियाँलाई गरेर देखाएपछि प्रशंसा नपाउने कुरै छैन । तर दुनियाँलाई गरेर देखाउन त पहिले आफूमा गुण हुनु र्पयो नि । गुण नै नभएको व्यक्ति जतिसुकै पद वा ओहदामा पुगे पनि हुनेवाला केही छैन ।

लाग्छ आज देशको सिंहदरबारमा स्यालहरुले मासु लुछाचुडीँ गरे जस्तै भएको छ । राज्य र जनतालाई शासकले दोहन गरिरहेका छन् ।

यस्ता स्यालहरु स्वामीभक्त भएर देखा पर्छन कतिपय स्यालहरु हेर्दा एकदम इमानदार सहनशील जस्तो पनि देखिन्छन कतिपय स्यालहरु स्वामीभक्ति गर्न, स्वामीले अह्राएको काम गर्न, स्वामीको आदेशानुसार चटक देखाउन माहिर रहेका छन् ।

पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए नेपालकै अस्तित्व गुम्ने खतरा थियो । नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको जन्म जयन्तिको बिदा नदिनु कति सम्मको लम्पसारवाद हो ?

 त्यो बेला छिमेकी भारतमा अंग्रेजहरुले साना साना भुरे टाकुरे राज्यहरुलाई निल्दै विशाल साम्राज्य खडा गरेको स्थितिमा नेपाल बलियो र शक्तिशाली नभएको भए यसको अस्तित्व इतिहासबाटै लोप हुने खतरा थियो ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सरकारी विदा घोषणा गर्ने प्रचण्ड सरकारले पृथ्वी जयन्तीमा सरकारी विदा दिन लाचार देखाउने कस्तो बिडम्बना ?

पृथ्वीनारायणको भुमिकालाई नदेख्नु भनेको इतिहासको भौतिकवादी ब्याख्या भन्दा बाहिर जानु र इतिहासको विकासको क्रमलाई इन्कार गर्नु हो ।

पृथ्वीनारायणका सन्तानहरूले गरेका गल्तीसँग जोडेर उहाँलाई अपमान किन गर्ने रुविगत दशवर्ष देखि परिवर्तनको नाममा राज्यले राष्ट्र निर्माताको अपमान गरेको छ। शाहलाई एकताका प्रतिकको रुपमा लिन नसक्नु राज्यको ठुलो भुल हो ।  

अन्यदेशका राजाहरू पहिले राजा हुन्छन् पछि देश बनाउनेमा लाग्छन् तर हाम्रो देशका पृथ्वीनारायाण शाहले पहिले देश बनाउँनु भयो वल्ल पछि नेवारकी छोरीको खुट्टाको पानि खाएर मात्र राजा बन्नु भएको ईतिहास साँक्षी छ।

विश्वमान चित्रमा एक टुक्रा जमिनको नाम नेपालको छ वा हो भन्ने महान ईतिहास रच्ने राष्ट्रिय विभूतिका पनि विभूति पृथ्वीनारायण शाह हुन उहाँलाई नसम्झने नेपालीको लागि गम्भिर दुर्भाग्य हो । 

यी विचार लेखकका नीजि हुन् । प्रधान सम्पादक

यो पनि पढ्नुहोस् । कहिले काटियो बिदा?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan