Wednesday 29th of March | २०७३ चैत १६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

न्यूज अभियान टिप्पणी: कति हल्लाउने हिङ बाँधेको टालो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान ,काठमाण्डौ,२७ पुस  । देश कसैको क्रिडास्थल होइन, हुनसक्दैन, हुन दिइनु हुन्न भनेर फेरि गायत्री मन्त्र जपेका छन् पूर्वराजाले ।

चिन्ता गरेर मात्र के गर्नु महाराज ? पराधीनताको सुनामीले सिध्याउन लागिसक्यो देश, तिमी चिन्तामात्र गर्छौ ।

यो त कम्मर कसेर सडकमा निस्कनु पर्ने र देश बचाउने बेला होइन र ? पूर्वराजाले पुस २७ गते पृथ्वी जयन्ती, एकता दिवसका अवसरमा सन्देश दिए, राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको छैन भने ।

नपन्छिएको भए वक्तव्यमा मात्र किन जिम्मेवारी देखिन्छ । यो सवालको जवाफ पूर्वराजासँग छैन ।

हो उनले भनेजस्तो ‘दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं । देश कसैको क्रिडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन ।’

त्यसो भए पूर्वराजा बाहिर निस्कनु प¥यो, समस्त हिन्दु र राष्ट्रवादी पछि लाग्न तैयार छन् । किन हिम्मत नगरेको ? देशघातकहरुले तर्साएको भरमा तर्सिएर बसिरहने ?

के बाँकी छ र ? एकता भत्कियो, भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने साजिस भइरहेको छ । नेपाली भनेका जो जहाँ रहे बसे पनि नेपाली नै हुन् ।

देशमाथि संकट आइपर्दा कसरी एकतावद्ध हुन्छन् भन्ने हामीले उदाहरण बन्नु परेको छ । विश्व समुदाय, समृद्धि प्राप्तिको निमित्त प्रतिस्पर्धा गरिरहँदा हामी भने थप विपन्नतातर्फ अग्रसर हुँदैछौं ।

पूर्वराजाले नेतृत्व गर्ने हो भने अझै पनि देशको स्वाधीनता बच्न बचाउन सकिन्छ भन्ने विश्वास छ आमनागरिकमा ।

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan