• FB
  • FB
  • FB
Saturday 21st of January | २०७३ माघ ८ शनिबार

नेपालका नयाँ मुलाह: दीपक बोहरा !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

न्यूज अभियान,काठमाण्डौ,२७ पुस । नयाँ मुसलमानले धेरै प्याज खान्छ भन्छन् मन्त्री दीपक बोहरा यतिबेला अति गर्दै भन्दैछन्– नेपालीभन्दा हिन्दीभाषा पवित्र छ ।

पवित्र गंगा नदी र हिन्दीभाषा उत्तिकै पवित्र छन् । वाह मन्त्री दीपक बोहरा । यी नेपालकै मन्त्री हुन् कि उत्तर प्रदेशका ? कुरा सुन्दा छुट्याउनै सकिन्न ।

अहिले आपूर्ति मन्त्री छन् दीपक बोहरा । उनले २६ गतेमात्रै आयल निगमको वार्षिक उत्सवमा ४० करोड कर्मचारीलाई बोनसका रुपमा वितरण गर्ने अनुमति समेत दिए यिनले ।

र, पम्पहरुले मिसावट नगरेको र कम तेल उपभोक्तालाई नदिएको दावीसमेत गरेर कर्मचारीदेखि पम्पावालासम्मको वाहवाही लुटेका छन् ।

भारतीय दूतावासले आयोजना गरेको हिन्दी दिवस समारोहमा पनि पुगे मन्त्री बोहरा र भने– हिन्दी भाषाले अरु अरु भाषालाई जोडेर समृद्ध भाषा बनाएको ज्ञान पनि दिए । हिन्दी वैज्ञानिक भाषा हो, यो भाषा जसरी बोलिन्छ, त्यसैगरी लेखिन्छ ।

दीपक बोहरा त अर्का राजेन्द्र महतोको अवतारमा पो झुल्किए । मन्त्री हिचकिचाउँदैनन् भने प्राज्ञ किन कम ।

उषा ठाकुर र डा. गंगाप्रसाद अकेलाले पनि हिन्दी भाषाको गुणगान गाएर, नेपालमा ९० प्रतिशतले हिन्दी बोल्छन् भनेर प्रज्ञा प्रतिष्ठानप्रति भारतीय राजदूतको ध्यानाकर्षण नै गराइदिए ।


 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan