• FB
  • FB
  • FB
Saturday 21st of January | २०७३ माघ ८ शनिबार

माघ १ मा अल नेपाल डान्स च्याम्पियनसिपको ग्रान्ड फाइनल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

काठमाडौं, २७ पुस । ‘अल नेपाल डान्स च्याम्पियनसिप २०१६’ को ग्रान्ड फाइनल  माघ १ गते बुटवलमा हुने भएको छ । एएनएफए स्टुडियममा आयोजना हुने प्रतियोगीतामा जुनियर तर्फ १० र सिसनयर तर्फ १२ प्रतियोगी बीच कडा स्पर्धा हुनेछ । देशभर आयोजित बिभिन्न अडिसनबाट यी प्रतियोगी छानिएका हुन् ।

बागेश्वरी संगीतालय बुटवलले जुनियर र सिनियर दुई ब्याचमै नृत्यमा उत्कृष्ट प्रतिभा खोज्ने उदेश्यले प्रतियोगीता आयोजना गरेको हो । यसमा जुनियरमा १४ मुनिका र सिनियर तर्फ १५ देखि ३५ वर्षसम्म महिला तथा पुरुष सहभागी छन् ।

‘नो एस एम एस वान्ली ट्यालेन्ट स्पिक’ मुल नाराका साथ आयोजित यो नेपालकै ठुलो पुरस्कार रासी भएको प्रतियोगीता हो । यसमा जुनियरतर्फको विजेताले २ लाख नगदका साथमा मुम्बईको टेरेन्स लुइसको एकडेमीमा एक महिना र सिनियर तर्फका विजेताले २ लाख नगदका साथमा तीन महिना अध्ययन स्कलरसिपका साथमा विभिन्न गिफ्ट जित्न सक्नेछन् ।

कुनै पनि भोटिङको ब्यवस्था नगरिएको प्रतियोगीताको फाइनल जर्जका रुपमा कोरियोग्राफर तथा डिआडीका जर्ज टेरेन्स लुइसले रहनेछन् । प्रतियोगीलाई अन्तिमस्पर्धाका लागि विभिन्न प्रशिक्षण सहित तयार गरिएको छ ।

चर्चित नेपाली अभिनेत्री निशा अधिकारीले प्रस्तुत गर्ने अन्तिम स्पर्धामा गायक तथा संगीतकार चिरन्जीबी भण्डारी, गायक यसकुमार, अर्जुन कौसल, डान्स प्लसको फष्टरनर अप तथा नेपालको चर्चित क्रियु वाइल्ड र्यापरको पनि बिभिन्न आकर्षक प्रस्तुति रहनेछ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan