Saturday 23rd of September | २०७४ असोज ७ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लोकमान पुत्रीले अन्ततः रिस पोखेरै छाडिन्

‘ब्ल्याक डे इन दी हिस्ट्री अफ जस्टिस !’

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ पुस । लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतले आइतबार अपराह्न साढे चार बजे अख्तियार प्रमुखका रुपमा अयोग्य ठहर गर्दै नियुक्ति बदर गरेको साढे चार घण्टापछि फेसबुकको भित्तामा भेटिएको टिप्पणी हो यो ।

चिकित्सा पेशामा रहेकी र अख्तियारमै विज्ञको रुपमा भर्ति गरिएकी लोकमानपुत्री आध्याले राति ९ बजेर १ मिनेट जाँदा त्यसदिनलाई अदालती इतिहासको कालो दिन घोषणा गरिन् । छोरीले बाबुलाई सहानुभूति प्रकट गर्दै यस्तो टिप्पणी गर्दा साहित्यकार नरेन्द्रराज प्रसाईले पाँच मिनेटपछि लोकमानलाई ढाडस दिँदै लेखे, प्रधानन्यायाधीश नै मन्त्रिपरिषद् अध्यक्ष भएर गरेको निर्णय पनि उल्टियो ।

इतिहासले यसबारे के लेख्ला ? लोकमानले टंगालस्थित सरकारी निवासबाट सोमबारदेखि नै व्यक्तिगत सामान बानेश्वर सार्न थालेका छन् । उनी भने आज बुधबार भाइ बालमानसिंहको घरमा सर्दैछन् । उनको निजी घर पनि बानेश्वरमै छ ।

तर उक्त घर महिनावारी तीन लाखका दरले भाडामा लगाइएको र भाडावालालाई बीचमै निकाल्न नमिल्ने कारण भाइको घरमा सर्न लागेको बताइन्छ । सोमबार अख्तियारको कार्यालयीय अभिलेखमा पनि लोकमानको पदवधि उल्लेख नहुने निर्णयपछि उनले त्यही संस्थाको पूर्वप्रमुखका हैसियतले पाउने सुरक्षा कटौती भएको छ ।

अर्थात्, सरकारी अभिलेखमा उनी अख्तियारका पूर्वप्रमुख पनि भनिने छैनन् । तर उनले आफूलाई सुरक्षा चाहिने र दिने भनी वामदेव गौतम गृहमन्त्री छँदा भएको निर्णय देखाउँदै गृहलाई पत्राचार गर्न दबाब दिए । त्यस्तो दबाबपछि सोमबारै अख्तियारले गृहलाई चिठी लेखेको छ ।

चिठीमा निजले सुरक्षा माग गरेको तर कार्यालीय अभिलेखबाट उनको विवरण हटाउँदा सुरक्षा दिन नसकिने व्यवहोरा उल्लेख छ । गृहले उनी सेवानिवृत्त भएपछि संवैधानिक अंगका पूर्वप्रमुखसरहको सुरक्षा व्यवस्था मिलाइने निर्णय गरेको थियो, खबर जनआस्थामा छ ।

तर आइतबार अदालतको फैसलामा उनी निवृत्त नभई अयोग्य ठहर भएका छन् । अख्तियारले लोकमानको मन राखिदिन निजले माग गरेको भाषा प्रयोग गरी पत्राचार गरेको हो । तर सोमबारै लोकमानको सरकारी निवासमा बसेर गोबद्र्धन श्रेष्ठ योजना बनाउँदै थिए, हाल कार्यरत सई उत्तम भण्डारीकै कमाण्डमा नेपाल प्रहरीका १५ कर्मचारी खटाउने ।

अख्तियारका डिआईजी देवेन्द्र सुवेदीले सर्वोच्चको फैसलालगत्तै उनको सुरक्षार्थ तैनाथ प्रहरी टोलवी फिर्ता बोलाएका थिए । तर केही दिन भए पनि टोवलीलाई रहन दिन अनुरोध आएपछि हिजोसम्म उनीसँग सुरक्षाकर्मी थिए । त्यस्तै, लोकमान निकटस्थ अर्थ समूहका शाखा अधिकृत नारायण अधिकारी सरुवा भएर धनगढी कर कार्यालय पुगेका छन् ।

सहसचिव कृष्णहरि पुष्कर, डिएसपी दानबहादुर कार्की र इन्स्पेक्टर शिव बस्नेतहरुको सम्पत्ति छानबिन गर्ने तयारी चल्दैछ । उता, लोकमानलाई दिनदिनै पशुपतिबाट चन्दन ल्याइदिने प्रहरी शम्भु ठाकुर अहिले कलंकीको चार आना जग्गामा चार तले घर बनाइरहेका छन् । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan