Thursday 30th of March | २०७३ चैत १७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नोटबन्दी खुलाउन नेपाली टोली भारत प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ पुुस । नोटवन्दी खुलाउन नेपाल राष्ट्र बैंकको टोली भारत प्रस्थान गरेको छ । नेपाल राष्ट्र बैकका प्रवक्ता नारायाण प्रसाद पौडेलको अनुसार डेपुुटी गर्भनर चिन्तामणी सिवाकोटी तथा भिष्म राज ढुंगाना, आनन्द ढकाल र एक जना भारतीय दुतावासको प्रतिनिधी सहितको चार सदस्य टोली आज बिहान साँढे दश बजेको उडान मार्फत भारत गएको हो ।

नेपाल राष्ट्र बैंकको टोली नोट सटहीको बिषयमा भारतीय रिर्जभ बैकको निमन्त्रण पछि त्यहाँ गएको र उक्त टोलीले बिहिबार र शुुक्रबार रिर्जव बैंकका प्रतिनिधी संग नेपालमा रहेको ठुला दरका भारतीय नोट सटहीको छलफल गरेपछि संभवत शनिवार नेपाल फर्किने प्रवक्ता पौडेलले बताउनुुभयो ।

टोलीले नेपालमा रहेको भनिएको एक हजार पाँच सय दरका झण्डै तीन करोड ५० लाख  भारतीय रुपैयाँको सटहीको लागि पहल गरिरहेको र वार्ता सफल भएको खण्डमा बैधानिकरुपमा सर्वसाधारणहरुमा रहेको २५ हजार रुपैयाँसम्मको ठुला दरका भारु सटहीको बाटो खुल्ला हुने छ , प्रवक्ता पौडेलले भन्नुुभयो ।

भारतले गत कात्र्तिक २३ गते एक हजार र पाँच सय दरका भारतीय नोटमा प्रतिवन्ध लगाएसंगै नेपालमा पनि गत कात्र्तिक २४ गते देखि ठुला दरका भारतीय नोटमा प्रतिवन्ध लगाईएको थियो ।

उक्त प्रतिबन्ध पश्चात भारत सरकारले आफ्ना नागरिकहरुलाई डिसेम्वरको ३० तारिखसम्म ठुला दरका नोट सहटीको सुबिधा दिएको थियो । तर नेपालमा भने अझैसम्म पनि सर्वसाधारणले आफुसंग रहेको एक हजार र पाँच सय दरका ठुला दरका भारु साट्न पाएका छैनन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan