Monday 26th of June | २०७४ असार १२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महतोको महत्व भारतीय राजदूतलाई थाहा छ

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २७ पुस । पुस २६ गते सिरहा पुगेर भारतीय राजदूतले नेपाल भारत सम्बन्ध सुमधुर भएको गफ हाँके । इतिहासको कुनै पनि कालखण्डमा भन्दा तीतो बनेको छ नेपाल भारतको सम्बन्ध यतिखेर ।

नेपालको संविधान संशोधनमा समेत भारतले दख्खल दिएको आरोप जनस्तरमा समेत बिरोध भइरहेको छ । तर भारतीय राजदूत र उनका प्रशंसक उपेन्द्र महतो भने सम्बन्ध सुमधुर भएको भाषण गरिरहेका छन् ।

पुस २५ गते फुलकुमारी महतो मेमोरियल हस्पिटलमा “आमा र बच्चा बिशेषज्ञ स्वास्थ्य उपचार सेवा”को उद्घाटन गर्न पुगेका राजदूत रंजित रेले भारत सहयोग गर्न तैयार छ, नेपालको आर्थिक समृद्धि गर्न अघि बढ्नुपर्छ भन्ने सुझाव दिएका छन् ।

उपेन्द्र महतो भारतीय राजदूतबाटै आफ्ना क्रियाकलापमा सहभागी गराउँदै आएका छन् । उनलाई नेपालका मन्त्री, प्रधानमन्त्री अथवा अरुमा विश्वास नै देखिदैन ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan