• FB
  • FB
  • FB
Tuesday 21st of February | २०७३ फाल्गुण १० मंगलबार

केपी ओली बोल्दै गर्दा खोसियो माइक्रोफोन !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

काठमाडौं,२७ पुस । झापामा एमाले अध्यक्ष केपी ओली बोल्दै गर्दा माइक्रोफोन खोसिएको छ ।  दमक नगरपालिकाले निर्माण गरेको आकाशेपुलको उद्घाटनका क्रममा ओली बोल्दै गर्दा उनको माइक्रोफोन एक संसदले खोसेकि हुन । 

एमाले अध्यक्ष ओलीले रंगशाला निर्माणस्थलमा पहिले भएका चिहान हटाएर स्मारक निर्माण गरिसकिएकोले भावनाको राजनीति नगर्न आग्रह गर्दै गर्दा नेपाली कांग्रेसकी सांसद महेन्द्रकुमारी लिम्बुले माइक्रोफोन खोसेर रंगशालाका बिषयमा ओलीको भनाइप्रति आपत्ति जनाइन् ।

कार्यक्रममा पहिले नै मन्तव्य राखिसकेकी ओलीले भाषण गर्दा गर्दै उनले आदिवासी जनजातिका दिवंगत पितृहरुको अपमान हुने गरी ओलीले दिएको अभिव्यक्तिले आफूहरुको भावनामा चोट पुगेको गुनासो गरिन् ।

‘हाम्रो बाबु, बाजेको चिहान खनेर भण्डारीको नाममा रङशाला निर्माण गर्न दिदैनौं’ सांसद सुब्बाले झोँक्किदै भनिन,‘शक्तिको आडमा कसैलाइ पनि मनपरी गर्न छुट छैन ।’ उनले शक्ति हातमा लिएर रङ्गशालाको निर्माणमा एमालेले आफ्नो स्वार्थ खोज्नु लज्जाको विषय भएको बताइन् ।

‘आदिवासी रङ्गशालाको नाम फेरिदैन’ सांसद सुब्बाले कडा चेतावनी दिदै भनिन्,‘एमालेले साथ नदिएपनि हामी रङ्गशाला बनाउछौं ।’ सांसद लिम्बु आकाशे पूल उद्घाटन कार्यक्रमको विशिष्ट अतिथि समेत थिइन् ।

उनले सो रंगशाला निर्माणको योजना प्रारम्भ हुनुअघि समाधि रहेका दिवंगतहरुका परिवार, स्थानीयबासी, राजनीतिक दलहरु समेतको सहमति अनुसार सो रंगशालाको नाम आदिवासी रंगशाला राखिएको भन्दै आदिवासीहरुको भावनामाथि चोट पुग्ने गरी एमाले र ओलीले नाम परिवतर्नन गर्न लगाएर दिवंगतका परिवारको भावनामा चोट पुर्याएको बताइन् ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan