Wednesday 29th of March | २०७३ चैत १६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डिभोर्स गरेकी ३२ बर्षिय अभिनेत्री रेखालाई लाग्यो आमा बन्ने रहर

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाली सिने जगतमा फरक विचार अनि क्षमता भएकी एक मात्र नायिका हुन रेखा थापा । उनी व्यक्तिगत होस या व्यवसायिक कुनै न कुनै कुराले चर्चामा आईरहिन्छन् ।

केही समय अघि अचानक माओवादी छाडेर राप्रपामा प्रवेश गरेर उनले सबैलाई चकित बनाईन् । उनको त्यो चर्चा सेलाउनै लाग्दा फेरि अर्को चर्चा सुरु भएको छ ।

नेपाली सिनेमाका पाका निर्माता छविराज ओझासँग डिभोर्स गरेर अहिले आमासँग बस्दै आएकी रेखाले आफूलाई आमा बन्न रहर लागेको कुरा सार्वजनिक गरेकी छिन् ।

एक चर्चित पत्रिकालाई अन्तरवार्ता दिने क्रममा रेखाले आफूलाई आमा बन्न मन लागेको खुलाएकी हुन् । तपाईँलाई आमा बन्ने रहर छैन ? भन्ने प्रश्नमा उनले भनिन्, आमा बन्ने रहर त सबै महिलाहरुलाई हुन्छ नि ।

त्यो इच्छा मलाई पनि छ । ३२ बर्षिय अभिनेत्री रेखाले भर्खर आफ्नो विवाह गर्ने उमेर भएको भन्दै राम्रो मान्छे पाएको खण्डमा विवाह गर्ने पनि बताईन् ।

विवाह गरिसकेपछि आमा त पक्कै भईन्छ, रेखाले थपिन् । अब हेरौँ रेखाको जीवनमा उनले चाहेको जस्तो कोही आउँछकी आउँदैन ।

(स्रोत सौजन्य : फर्सिनेटवर्क डट कम बाट)

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan