• FB
  • FB
  • FB
Thursday 23rd of February | २०७३ फाल्गुण १२ बिहिबार
ताजा समाचार :

वैदेशिक रोजगार ऐन संशोधन कहिले ?

सह–संचिवको सरुवाले ऐन संशोधन रोकियो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

काठमाडौं । वैदेशिक रोजगार ऐन संशोधन प्रक्रिया अलपत्र परेको छ । श्रम तथा रोजगार मन्त्रालयले संशोधित ऐन मार्फत कामदार ठगिने प्रवृत्तिलाई निरुत्साहित गरिनुका साथै व्यवसायलाई छिटो छरितो र झन्झटमुक्त बनाइने बताउँदै आएको भएपनि हाल ऐन संशोधन प्रक्रिया अलपत्र परेको छ ।

श्रम तथा रोजगार मन्त्रालयका प्रशासन शाखाका तत्कालीन सह–सचिव सुर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा रहेको ऐन संशोधन कार्यदलले ऐन संशोधनको खेस्रा निर्माण गरे पनि श्रेष्ठको आपुर्ति मन्त्रालयमा सरुवा भएपछि हाल सो प्रक्रिया अलपत्र अवस्थामा रहेको छ ।

श्रेष्ठको नेतृत्वमा व्यवसायीको प्रतिनिधि, विज्ञसहितका सरोकारवाला पक्षहरू समेटिएको १० सदस्यीय कार्यदल गठन भई संशोधन प्रक्रिया अगाडी बढाइएको थियो । उनको सरुवा भएपछि हालसम्म कार्यदलले नै पुर्णता पाउन सकेको छैन ।

श्रम तथा रोजगार मन्त्रालयका प्रशासन शाखाका नवनियुक्त सह–सचिव महेश्वर न्यौपानेले हालसम्म आफूलाई यस विषयमा जिम्मेवारी नदिइएको बताएका छन् । प्रभावका अनुसार, जिम्मेवारी सुम्पिएको खण्डमा ग्रहण गर्न आफू तयार रहेको पनि उनले बताए ।

श्रम तथा रोजगार मन्त्रालयका कानुन शाखाका उप–सचिव अर्जुन प्रसाद खनालले कार्यदलले ऐन संशोधनको एउटा खेस्रा तयार पारेको र छलफलको क्रममा रहेको जानकारी दिएका छन् । उनले आन्तरिक र बाह्य पक्षसँगको छलफलको माध्यमबाट सो प्रक्रियालाई मुर्त रूप दिइने बताए ।

वैदेशिक रोजगार ऐन २०६४ समय सापेक्ष नहुँदा समस्या देखिएको भन्दै व्यापक गुनासाहरू आएपछि तत्कालीन श्रम तथा रोजगार मन्त्री दिपक बोहराले गत ०७२ पुष २४ गते जारी गरिएको आफ्नो सय दिने सुधार कार्ययोजनामा ऐन संशोधनलाई प्राथामिकतामा राखेका थिए । संशोधित ऐनमा वैदेशिक रोजगार ऐन २०६४ को २५ प्रतिशत भाग संशोधन हुने तयारी रहेको जनाइएको थियो ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan