Tuesday 30th of May | २०७४ जेठ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फिल्म 'शब्द' पुस २८ मा लाग्ने, मल्टिप्लेक्समा बुकिङ खुला

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं । यहि पुस २९ गते सार्वजनिक प्रदर्शनको मिति तय गरेको फिल्म 'शब्द'ले एक दिन अघि नै रिलिज हुने बताएको छ ।

निर्देशक सन्तोष शिवाकोटीले काठमाडौंका मल्टिप्लेक्समा फिल्म बिहिबार नै प्रदर्शन हुने बताएका हुन्  । प्रतिस्पर्धी अन्य दुई फिल्म 'किङ' र ,'लभ साशा' बिहिबार नै प्रदर्शन हुने भएपछि अन्ततः मल्टिप्लेक्समा 'शब्द' पनि तोकिएको मिति भन्दा अगाडीको दिन नै प्रदर्शनमा आउने पक्का भएको हो ।

सिंगल स्कृनमा भने यो फिल्म शुक्रबार मात्र आउने छ । नेपालसँगै अष्ट्रेलियामा पनि शुक्रबार नै प्रदर्शन हुने फिल्मको शो मा सहभागी हुन बुधबार अभिनेता सौगात मल्ल र अभिनेत्री कमली वाईवा अष्ट्रेलिया उड्दैछन् ।

ए गुरुङ, रोएदिप श्रेष्ठ अनि ओशिन भट्टराई पनि फिल्मका लिड कलाकार हुन् । मल्टिप्लेक्समा फिल्मको बुकिङ खुला भईसकेको छ । क्यूएफएक्समा 'शब्द'ले तीन शो पाएको छ भने 'किङ'ले जम्मा १ शो पाएको छ ।

कुमारी हलमा मात्र 'किङ' प्रदर्शन हुनेछ, शब्दले कुमारीमा दुइ र सिभिल मलमा एक शो पाएको छ । उता अर्को फिल्म (पुर्णतः मल्टिप्लेक्स) मानिएको 'लभ साशा'ले भने क्यूएफएक्समा आठ शो पाएको छ ।

फिल्म कुमारी, शिभिल र लविङ मल तीन ठाउँमै प्रदर्शनमा आउनेछ । 'किङ' र 'लभ साशा' को पनि अग्रिम बुकिङ खुला भइसकेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan