• FB
  • FB
  • FB
Saturday 21st of January | २०७३ माघ ८ शनिबार

अध्यक्ष चित्रबहादुरले डर लाग्दो चित्र देखाए

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २७ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अहिले पनि संघीयताले देश टुक्रा टुक्रा पार्छ भनिरहेका छन् । उनको यही मान्यता छ ।

हिजो उनले भक्तपुर पुगेर फेरि भाषण गरे र आज विहानको कान्तिपुरको हेडलाइनर अन्तर्वातामा भनेका छन्– अब कि संघीयता रहदैन, कि नेपाल । कति डर लाग्दो चित्र देखाएका चित्रबहादुरले । चित्रबहादुर केसीको प्रष्ट कुरा छ– संघीयता नेपालीको घाँटीमा जबरजस्ती झुण्ड्याइएको हल्लौडो हो ।

उनले मधेशी मोर्चा आफ्नो विवकले भन्दा पनि भारतको आदेश पालना गर्ने तर्फ लागेको आरोप लगाउँदै उनले पाँच नम्बर प्रदेशलाई टुक्राएर पहाड र तराईबीचको फाटो ल्याउने र अन्ततः भारतले कब्जामा लैजाने रणनीति हो भनेका छन् । हाम्रो सरकार तिनै विदेशीको पाउमा लम्पसार परेको छ ।

 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan