Friday 22nd of September | २०७४ असोज ६ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रक्षामन्त्री खाँडको कति मिठो गफ

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २७ पुस । लुम्बिनी अञ्चल अस्पताल पुगेका रक्षामन्त्री वालकृष्ण खाँडले पुस २६ मिठो गफ गरेका छन्– म स्वास्थ्यमन्त्री भएको भए सबै अस्पतालहरुमा हेलिप्याड बनाउने निर्देशन दिन्थे । घर घरबाट बिरामी हेलिकोप्टरमा ल्याएर स्वास्थ्यसेवा सुलभ पार्न सकिन्थ्यो ।

हिजोमात्र खबर आयो, पहाडी जिल्लामा निःशुल्क वितरण गर्ने ओखती छैन, सैंवु भैंसीपाटीस्थित स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन सकिने सुविधा, कर्मचारी केही छैनन्, मधेसमा शीत लहरले मान्छे मर्न थाले ।

मान्छेलाई बचाउने र सामान्य उपचार दिन नसकिने मुलुकमा मन्त्री भाषणा गर्छन्– अस्पतालमा हेलिप्याड बनाउने । यो गफ नभए के हो ? नैतिकता नभएपछि जे बोले पनि छुट हुन्छ मन्त्रीहरुलाई ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan