• FB
  • FB
  • FB
Sunday 19th of February | २०७३ फाल्गुण ८ आइतबार

आयल निगमका कार्यकारी खड्काले बकस बाँडे

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

न्यूज अभियान,काठमाडौं, २७ पुस । आयल निगमलाई मुनाफामा बोनस नबाँड्न निर्देशन भए पनि अतिरिक्त सुविधा दिने नाममा ४० करोड अदृश्य बकस बाँड्ने निर्णय गरेर कार्यकारी गोपाल बहादुर खड्का वाहवाही बटुल्न सफल भएका छन् ।

सरकारका कुनै संस्था सफल छ भने त्यो नेपाल आयल निगम हो । जनतालाई सस्तोमा किनेको पेट्रोलियम पदार्थ महगोमा बेचेर कमाएको पैसालाई मुनाफा भन्ने कि लूट ? त्यही रकममा कार्यकारी गोपालबहादुर खड्का पौडिखेलिरहेका छन् । २६ गतेको वार्षिक उत्सवमा खड्काले कर्मचारीलाई मन्त्रमुग्ध पारिदिए ।

निगमको ४७ औ वार्षिकोत्सवलाई सम्बोधन गर्दै आपूर्तिमन्त्री दिपक बोहराले कर्मचारीलाई यातायात सुविधा र अन्य सुविधावापत मासिक ४ हजार ५ सय थप दिनका लागि सकारात्मक भएको बताएका छन् ।

उपभोक्तासँग लुटेको पैसा नभनेर निगमको चुस्त व्यवस्थापनका कारणले ३६ अर्ब ऋण तिर्न सफल नभएको मन्त्रीले दावी गरिदिएपछि गोपाल बहादुर खड्का अरु खुश हुनपुगे । र उनले पनि थप सुविधाका नाममा बकस दिने घोषणा नै गरिदिएका छन् ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan