• FB
  • FB
  • FB
Sunday 26th of February | २०७३ फाल्गुण १५ आइतबार

पृथ्वीनारायण शाहको सम्झनामा पौडेलद्वारा १ लाख दिप प्रज्वलन

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

न्यूज अभियान,काठमाण्डौ,२७ पुस । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्तीको अवसरमा पौडेल बाइक होमका प्रोपाइटर सरोज पौडेलले सिदि गणेस मन्दिर परिसरमा १ लाख  दिप बत्ति प्रज्वलन गर्नुभएको छ । 

पृथ्वीनारायण शाहको योगदानका कारण नेपालले विश्वसामु पहिचान बनाएकाले उहाँको सम्मानमा राज्य चुकेको भन्दै आत्मशान्तिको लागि दिप प्रज्वलन गरेको उहाँले जानकारी दिनुभएको छ ।

पृथ्वीनारायण शाहको योगदानको सम्झेर सरकारले  सार्वजनिक बिदासम्म नदिनु उचित नभएको उल्लेख भन्दै पौडेलले नर्माण गर्ने इतिहास पुरुषलाई सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयोे ।

उहाँले पृथ्वीनारायण शाहले देशलाई एकीकरण गरेर सिङ्गो राष्ट्र निर्माण गरेजस्तै अहिले सबै राजनीतिक दल एकजुट भई मुलुकलाई निकास दिने बेला आएको उल्लेख गर्नुभयो ।

१७७९ साल पुस २७ गते जन्मिएका शाहले आफ्नो शासनकालमा स–साना राज्यलाई जोडेर राज्य विस्तारका क्रममा नेपाल एकीकरण गर्नुभएको थियो ।

वि.सं. १८२५ मा राजधानी काठमाण्डौ नियन्त्रणमा लिएर १८२६ मंसिर १ गते शाहले एकिकृत देशको घोषणा गर्दै नेपाल नामाकरण गर्नुभएको थियो ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan