Tuesday 30th of May | २०७४ जेठ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आठौं मिडिया कप फुटबल प्रतियोगितामा कान्तिपुर र एनटीभी विजयी

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ पुस । साविक विजेता कान्तिपुर मिडिया ग्रुप र नेपाल टेलिभिजन (एनटीभी) ले आठौं मिडिया कप फुटबल प्रतियोगितामा बुधबार जित हात पारेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह ‘ए’ को लिग खेलमा कान्तिपुरले एपी वान टेलिभिजन २–० गोलअन्तरले पराजित गर्दै लगातार दोश्रो जित हात पा¥यो ।

जितसंगै कान्तिपुर सेमिफाइनल पुग्ने बलियो स्थितिमा पुगेको छ । कान्तिपुरको जितमा सुरज मोक्तान र समिर तामाङले १–१ गोल योगदान गरे । समिर ‘म्यान अफ द म्याच’ चुनिए ।

सोही समूहको अर्को खेलमा एनटीभीले एभिन्युजलाई २–१ ले हराउदै पहिलो जित निकाल्यो । एनटीभीका लागि ‘म्यान अफ द म्याच’ प्रज्ज्वल शाक्य र राजेश थापा मगरले १–१ गोल गरे । बिहीबार समूह ‘बी’ मा अन्नपूर्ण पोष्ट र रेडियो नेपालबीच खेल हुनेछ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan