Thursday 23rd of November | २०७४ मङ्सिर ७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कलाकारको ग्ल्यामर्स भजाउने होडबाजीमा दलहरू

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं । यतिखेर रेखा थापा र कोमल वलीको जताततै चर्चा छ । राप्रपाले देशव्यापी रूपमा सञ्चालन गरेको आमसभामा हजारौंको भीड जुटाउन सफल भएपछि रेखा र कोमल चर्चाको पात्र बनेका हुन् । दुई राप्रपा एकीकृत भएकै दिन कोमल वली राप्रपा प्रवेश गरिन् ।

त्यसको केही समयपछि कोमलले रेखालाई पनि भित्र्याइन् । हुन त राप्रपामा महिला नेतृहरूको कमी छैन । कुन्ति शाही, सरस्वति अधिकारी केसी, शैलजा पाण्डे, मिरा राणा जस्ता एक से एक महिला छन् । रेखा र कोमलले यसअघि कसैले गर्न नसकेको काम अर्थात् आमसभामा भीड जुटाएर देखाइदिएका छन् ।

शब आफ्नो पार्टीमा जुटेको भीड देखेर कमल थापा र पशुपतिशमशरेर राणा पनि दंग छन् । यसरी नै भीड बढ्दै गयो भने आगामी चुनावमा राप्रपा ठूलो पार्टी हुने र देशमा राजतन्त्र पुनस्र्थापित गराउन सकिने उनीहरूले सपना देखेका छन् । सोही कारण संविधान संशोधनमा सत्तामा सामेल भएर पनि राप्रपाले संविधान संशोधनको पक्षमा भोट नहाल्ने चेतावनी दिइसकेको छ ।

रेखाले अभिनय गरेको नयाँ चलचित्रले पहिलो र दोस्रो दिन सिंगल थिएटरमा सयौं दर्शकको भीड जुटाउने गरेको छ । तर, तेस्रो दिन लागेपछि रेखाको चलचित्रको चर्चा हुन छाड्छ ।

रेखा अभिनित चलचित्रको पोस्टरसमेत मल्टिप्लेक्स हलमा राख्न हल मालिक मान्दैनन् । अहिले पूर्वको झापा, मध्यमाञ्चलको भक्तपुर, मध्यपश्चिमाञ्चलको नेपालगन्जको आमसभामा मान्छेको भीड हेर्ने हो भने रेखाको पहिलो र दोस्रो दिन हलमा लागेको सिनेमाको जस्तै देखिएको छ ।

राप्रपाका नेताहरूका अनुसार हाल भइरहेका आमसभा पार्टीको इतिहासमै सबैभन्दा ठूला हुन् । ती आमसभालाई सम्बोधन गर्ने क्रममा नेताहरूभन्दा रेखा थापा, कोमल वली, कुन्ति शाहीलगायतले भाषण गर्दा बढी ताली बजेको थियो । दुई राप्रपा एकीकृत भएसँगै पूर्वपञ्च र राजावादीहरूको मनोबल बढे पनि रेखा र कोमल वली उपस्थित हुने भएपछि मान्छेको भीड बढेकोमा कुनै दुईमत छैन । उनीहरूलाई हेर्नकै लागि पनि ग्रामीण क्षेत्रका मानिस आमसभामा सहभागी भएको देखिएको छ ।

‘यसबाट राप्रपा अध्यक्ष कमल थापा अभिनेत्री रेखा थापा र गायिका कोमल वलीको ‘ग्ल्यामर्स’ भजाउन सफल भएका छन्,’ एक चलचित्र निर्देशकले टिप्पणी गरे ।

हुन त दोस्रो संविधानसभा निर्वाचनअघि पनि रेखालाई हालको नेकवा माओवादी केन्द्रले यसरी भजाएको थियो । रेखा थापा र प्रचण्ड जहाँ जहाँ पुग्छन्, मानिसहरूको भीड त्यसरी नै लाग्ने गरेको थियो । तर, चुनावको नतिजापछि माओवादी तेस्रो पार्टीमा खुम्चन पुगेको अवस्था सबैलाई अवगत नै छ ।

खासमा क्षेत्रीय आमसभापछि राप्रपाका अध्यक्ष कमल थापा पार्टीमा शक्तिशाली बन्दै गएका छन् । विगतमा भन्दा आमसभामा मानिसको भीड बढी जुटाएपछि पशुपतिशमशेर राणा, डा।प्रकाशचन्द्र लोहनीलाई कमल थापाले पछाडि पारेका छन् ।

कमल थापाको रेखा थापा र कोमल वलीको ‘ग्ल्यामर्स’ भजाउनुको मुख्य कारण फागुनमा हुन लागेको एकता महाधिवेशन रहेको राप्रपा नेताहरूको भनाइ छ । यसबीचमा देशव्यापी रूपमा पार्टीका गतिविधि र आमसभा गरी जनस्तरमा राप्रपा ठूलो शक्ति बन्दै छ भन्ने सन्देश दिएर आगामी महाधिवेशनमा कमल थापा अध्यक्षमा निर्वाचित हुने दाउमा रहेको बताइन्छ ।

राप्रपा प्रवेश गरेपछि रेखा थापाले पर्दाबाट भन्दा प्रत्यक्ष रूपमा जनताको सेवा गर्ने भावले राजनीतिमा लागेको बताउँदै आएकी छन् । उनले अब आफू राजनीतिको ‘नायक’ बन्ने घोषणासमेत गरेकी छन् ।

राप्रपा प्रवेश गरेसँगै रेखाले नेपालमा हिन्दु धर्म आवश्यक रहेको भन्दै अन्य धर्मको खिल्ली उडाउन थालेकी छन् । अहिले उनी अभिव्यक्ति दिइरहेकी छन्, त्यसको असर उनले अभिनय गरेको चलचित्र ‘डायरी’ र ‘पलाँस’ प्रदर्शनमा देखिने चलचित्रकर्मीहरूको भनाइ छ । रामप्यारी चलचित्रले घाटा खुवाइदिएपछि चलचित्र निर्माणमा रेखा उदासीन बन्न थालेकी हुन् । अब तत्काल उनले चलचित्र नबनाउने उनी निकट कलाकारहरूको भनाइ छ ।

नयाँ शक्तिमा करिश्मा, एमालेमा भुवन

शान्तिपूर्ण राजनीतिमा आएसँगै माओवादी प्रवेश गर्ने कलाकारको संख्या सयौं थियो । अहिले माओवादीमा दुई–चारजना मात्र छन् । अरुले छाडिसके । कलाकारलाई पार्टी प्रवेश गराएर चर्चा बटुल्नेमा डा।बाबुराम भट्टराई पनि अगाडि नै छन् ।

नयाँ शक्ति नेपाल पार्टी घोषणा कार्यक्रमका दिन अभिनेत्री करिश्मा मानन्धर, निर्देशक कलाकार अशोक शर्मा, अभिनेता सरोज खनाल, संगीतकार आलोकश्रीलाई प्रवेश गराइएको थियो । पार्टी घोषणाको एक वर्षपछि बाबुरामसँग करिश्मा र आलोकश्री मात्र छन् । अशोक शर्मा र सरोज खनालले नयाँ शक्तिमा त्यति चासो दिन छाडेका छन् ।

करिश्मा भने पार्टीका हरेक बैठक र आमसभामा जाने गरेका छन् । बाबुरामले नयाँ शक्तिको बैठक वा कुनै अन्तरक्रियामा करिश्मालाई सो
गराउने गरेका छन् । करिश्मा आउने भनेपछि नयाँ शक्तिको कार्यक्रममा मान्छेको भीड पनि बढेको छ ।

दोस्रो संविधान निर्वाचनका बेला नायक भुवन केसीलाई टिकट दिने चर्चा भयो । भुवन पनि दिनहुँ एमालेको बैठकमा देखिन थाले । तर, अहिले भुवन एमालेको कार्यक्रममा देखिन छाडेका छन् । एमालेमा आस्था राख्ने धेरै कलाकार भए पनि उनीहरूलाई अघि बढाउने, ठाउँ दिनेमा सो पार्टी अनुदार नै छ ।

कलाकारलाई पार्टी प्रवेश गराउने अभियानमा कांग्रेस पनि अगाडि नै छ । केही साताअघि मात्रै एक दर्जन बढी कलाकार कांग्रेस प्रवेश गरे । तर पार्टी प्रवेश गरे पनि कांग्रेसका कार्यक्रम, आमसभा वा बैठकमा कुनै पनि कलाकार सहभागी हुने गरेका छैनन् । कांग्रेसमा नीर शाहदेखि शैलेश आचार्यसम्मका एक से एक कलाकार छन् । तर कांग्रेसले कलाकारको ‘ग्ल्यामर्स’ भजाउन उचित ठानेको देखिन्न ।

२०५६ सालको उपचुनावताका नायिका मनिषा कोइराला नेपाली कांग्रेसको उम्मेदवारको प्रचार प्रसारमा सरिक भएकी थिइन् । बुबा प्रकाश कोइराला रौतहट ४ को निर्वाचन क्षेत्रमा उपचुनावमा उम्मेदवार बन्दा मनिषा मुम्बईबाट नेपाल आएकी थिइन् ।

मनिषा आमसभामा आउने रे भन्ने सुनेरै उनलाई हेर्न हजारौं मानिसको भीड जुट्थ्यो । सो चुनावमा प्रकाश कोइरालाले जिते पनि । तर, पछि प्रकाश र मनिषा दुवैले कांग्रेस छाडे । तरुणबाट


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan