Saturday 24th of June | २०७४ असार १० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भ्रष्टाचार विरोधी नीति : दिदी कानुनको लिदी निस्क्यो है !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान,काठमाडौं, २७ पुस । सबैले सह्राहना गरेको र नेपालमा यस्तै दह्रो महिला नेतृत्वमा हुनुपर्छ भनेर प्रशंसा पाएकी सुशीला कार्की देशको प्रधानन्यायाधीश बनेकी छिन् । राष्ट्रपति, सभामुख भन्दा पनि धेरै प्रशंसा र वाहवाही बटुलेकी दिदी सबैकी आदरणीय छिन् ।

तर खबर आयो– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी हिरासतमा राखेको ललितपुर जिल्ला अदालतका एक कर्मचारीलाई प्रधानन्यायाधीश सुशीला कार्कीको निर्देशनमा रिहा गरियो । भ्रष्टाचार विरोधी नीति के भएछ दिदी ?

ललितपुर जिल्ला अदालतका नायब सुब्बा श्याम अर्याल हुन् । जसलाई ‘सेल्सवेरी डिपार्टमेन्टल स्टोर्स’ को पहिलो तलामा रहेको बाजेको सेकुवाबाट घूस रकमसहित अख्तियारले पक्राउ गरेर कारवाही चलाएको थियो ।

सर्वोच्चका रजिष्ट्रार श्रीकान्त पौडेलले प्रधानन्यायाधीशको आदेश भनेर फोन गरेपछि भ्रष्ट सुब्बालाई रिहा गरिएको हो । रजिष्ट्रारले बदनाम गराइदिएका हुन् कि अवकाशमा जाने बेलामा आफ्नै नीतिविपरित प्रधानन्यायाधीज्यूमा कमजोरी देखिएको हो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan