• FB
  • FB
  • FB
Tuesday 17th of January | २०७३ माघ ४ मंगलबार

पोर्चुगलमा २६०१ औं तमु ल्होसार पर्व भब्य रुपमा मनाईयो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

वाईवि गुरुङ लिस्बन  - नेपाली राष्ट्रिय तमु ल्होसार पर्व २०१७ तथा २६०१ औ च्यल्होसार पर्व राजधानी लिस्बनमा बिशेष कार्यक्रम सहिभब्यरुपमा सम्पन्न भएको छ ।

तमु राष्ट्रिय ल्होसार पर्व हरेक बर्षको पुष १५ अथवा अंग्रेजी महिनाको डिसेम्बर अन्त र जनवरी महिनाको पहिलो साता सम्म नेपालका आदिवासी गुरुङहरुको मुख्य चाडको रुपमा मनाइदै आएको बिशेष राष्ट्रिय चाड पोर्चुगलमा बसोवास गर्ने गुरुङ तथा नेपाली समुदायहरुले बिशेष चासो र उत्साहजनक सहभागिता सहित उल्लासमय तरिकाले मनाए


ल्होसार पर्व २०१७को औपचारिक सत्रको पहिलो चरणमा प्रमुख अतिथि गैह्र-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य तथा तमु समाज पोर्चुगलका संरक्षक रमेश कुमार गुरुङ सहित समाजका जेष्ठ नागरिक तुल बहादुर गुरुङ द्वयले पानसमा बत्ति बालेर उद्घाटन गरिएको थियो ।


विधिवत रुपमा नेपाली राष्ट्रिय गान तथा तमु राष्ट्रिय गान सहित शुरु गरिएको उक्त कार्यक्रममा गत ६ जनवरी २०१७का दिन हृदयघातका कारण पोर्चुगलमा निधन भएका पोखरा उपमहानगरपालिका वडा नं १०, अमरसिंह चोक घर भएका दिपकमान गुरुङको सम्झनामा एक मिनेट शोक मौनधारणा गरिएको थियो ।

उद्घाटन पश्चात तमु समाजका बरिष्ठ उपाध्यक्ष हर्क गुरुङद्वारा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई  स्वागत गरेका थिए भने अन्य मन्तब्य दिने बक्ताहरुमा तपाईको आवाज डट कम अनलाईनका तर्फबाट प्रधान सम्पादक वाईवि गुरुङ, गैह्र-आवासीय नेपाली संघ पोर्चुगलका उपाध्यक्ष सुनिल संगम,आदिवासी जनजाती महासंघ पोर्चुगलका अध्यक्ष नर भुपाल राई, जनसम्पर्क समिति युरोप सहसंयोजक पूर्ण हमालआदि बक्ताहरुले ल्होसारको सुभकामना दिएका थिए भने कार्यक्रमका प्रमुख अतिथि आइसीसी सदस्य रमेश कुमार गुरुङलाई पोर्चुगलको नेपाली समाजमा उहाले पुर्याउनु भएको अमुल्य योगदानको कदर गर्दै बिशेष सम्मान पत्र प्रदान गरिएको थियो ।

पहिलो सत्रको औपचारिक कार्यक्रमको अन्त्य गर्दै तमु समाजका अध्यक्ष राज कुमार गुरुङले ल्होसार पर्वको यो शुभ अबसरमा निमन्त्रणालाई स्वीकार गर्दै आउनु भएका  सम्पूर्ण दाजुभाई तथा दिदिबहिनी लगायत ल्होसार कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरुमा धन्यवाद दिएका थिए भने पहिलो सत्रको औपचारिक कार्यक्रम तमु समाज पोर्चुगलका सदस्य प्रितम गुरुङले संचालन गरेका थिए ।

दोस्रो सत्र अन्तर्गत सास्कृतिक कार्यक्रम निक्कै उल्लासमय र भब्यरुपमा सम्पन्न भएको थियो जसमा नेपालका चर्चित गायक द्वय एपी शेर्पा र मेघ लामा लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले उपस्थित दर्शकहरुमा गरमागरमी थपेको थियो ।

दर्जन भन्दा बढी कलाकारहरुले आ-आफ्नो प्रस्तुति पस्केर मनोरंजन प्रदान गरेका थिए । पोर्चगलमा पुरानो म्युजिक ब्याण्ड ग्रुपका गायक बिकास गुरुङ लगायतका कलाकारहरुको लाईभ कन्सर्ट र सिद्धार्थ सेन शर्मा ग्रुपको लाईभ म्युजिक ब्याण्डको प्रस्तुतिमा दर्शकहरु निक्कै झुमेका थिए ।

कोरियोग्राफर बिनोद मगरको संयोजनमा सास्कृतिक कलाकारहरुले नेपाली सस्कृति झल्कने बिभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए गायक एपी शेर्पाले आधा दर्जन भन्दा बढि गीत गाएका थिए जसमा चर्चित गायक स्वर्गीय खेम राज गुरुङको चर्चित गीत "वारि जमुना पारि जमुना" ले निक्कै डेडिकेट सहित वान्स मोर गर्दै दर्शकहरु झुम्मिएका थिए भने अर्का गायक मेघ लामाले "घिन्तांग मादल  घिन्तांग” लगायतका गीतहरु मार्फत मनोरंजन प्रदान गरेका थिए ।

कार्यक्रममा यो बर्ष च्यल्हो (चरा वर्ग) आउने र प्रल्हो (बादर बर्ग) जाने तमु महानुभावहरुलाई रुपस्याई गरिएको थियो । भने भिभिन्न परिकारहरुको साथमा मनाइएको उक्त ल्होसार पर्वका लागि दोस्रो चरणको मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम संचालक द्वय  कमल गुरुङ र यसोधा गुरुङले संयुक्त रुपमा गरेका थिए ।

सो कार्यक्रमबाट संकलित रकम च्यारिटि बापत पोर्चुगलमा निधन भएका दिपकमान गुरुङको परिवारलाई सहयोग गर्ने तमु समाज पोर्चुगलले  घोषणा समेत गरेको छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan