• FB
  • FB
  • FB
Sunday 22nd of January | २०७३ माघ ९ आइतबार

आइसल्यान्डमा बल्ल नयाँ सरकारको गठन

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार

लन्डन, २७ पुस । सुदूर उत्तरको युरोपेली राष्ट्र आइसल्यान्डमा बल्ल बल्ल नयाँ सरकारको गठन भएको छ । करिब तीन महिना अघि त्यहाँ सम्पन्न आम निर्वाचनमा कुनै पनि पार्टीेले स्पष्ट बहुमत प्राप्त गर्न नसक्दा सरकार नै गठन हुन सकेको थिएन ।

हाल अधिक सिट सङ्ख्यामा विजयी हुने मध्य–दक्षिणपन्थी दल इन्डिपेन्डेन्स पार्टीले अन्य ससाना दलहरु रिफर्म पार्टी र फ्युचर पार्टीसँग मिलेर गठबन्धन सरकार निर्माण गर्ने राज्यको स्वामित्वमा रहेको सञ्चारमाध्यम आरयूभीले जनाएको छ ।

मध्य–दक्षिणपन्थी दल इन्डिपेन्डेन्स पार्टीका प्रमुख नेता बिजार्नी बेनेडिक्टसन गठबन्धन सरकारको प्रधानमन्त्री बन्नु हुने पनि उक्त प्रसारणले जनाएको छ ।

आइसल्यान्डले युरोपेली सङ्घको सदस्यताका लागि पुनः आवेदन गर्ने या नगर्नेबारे संसदमा निर्णयार्थ पेस गर्ने योजना रहेको नवनियुक्त प्रधानमन्त्री बेनेडिक्टसनले बताउनुभएको छ ।

युरोपेली सङ्घको सदस्यताका लागि आइसल्यान्डले सन् २००९ मा पहिलो पटक आवेदन दिएकोमा यसबारे छलफल र प्रक्रिया पूरा हुन नपाउँदै मुलुकको राजनीतिक उतार चढावका कारण सन् २०१५ मा यो मामिला त्यत्तिकै ओझेलमा परी सेलाएको थियो ।

विश्वका कतिपय उच्च तहका नेताहरु अवैध धन कमाउ धन्दामा संलग्न भएको भन्ने आरोप लागेर केही महिनाअघि विश्वभर हलचल मच्चाएको ूपानामा पेपर्सुकाण्डमा आइसल्यान्डका पूर्वप्रधानमन्त्री सिग्मुन्डर डेभिड गुन्लोग्सन पनि मुछिनु भएको भनी खुलासा भएपछि उहाँले पदबाट राजीनामा दिनु भई मुलुकमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो ।

हाल गठन भएको कमजोर सरकारले आइसल्यान्डमा आमूल परिवर्तन ल्याउनु पर्छ भनी अपेक्षा गर्ने जनतालाई प्रसन्न पार्न सक्ने छाँट देखिएको छैन ।

बहुमत जनताले पूर्वप्रधानमन्त्री सिग्मुन्डरबाट ठूलो आस गरे ता पनि उहाँ स्वयम् पानामा पेपर्सुकाण्डमा मुछिनु भएपछि आमूल परिवर्तनवादीहरु आक्रोशित र निरास भएका थिए । रासस / एपी
 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan