Thursday 21st of September | २०७४ असोज ५ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'संसोधन प्रस्ताव फिर्ता नलिए आँफै धरापमा'

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

दिपक अनुरागी, कपिलवस्तु २७ पुस । नेकपा एमालेका नेता एवं लोकतान्त्रिक मधेशी संगठनका केन्द्रीय अध्यक्ष रघुविर महासेठले सरकारले संविद्यान संसोधन प्रस्ताव फिर्ता नलिए आफै धरापमा पर्ने वताउनु भएको छ ।

संयुक्त संघर्ष समिति कपिलवस्तुले बुधबार तौलिहवामा राखेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष महासेठले यस्तो वताउनु भएको हो ।  जनताको भावना नवुझ्ने प्रचण्ड सरकारको कुर्चीमा वस्ने हैसीयत समेत नभएको उनले दावी गरे ।

उहाले अगाडि भन्नु भयो – मिलेर वसेको समुदाय अगल हुन चाहदै, मिलाउनको अलवा फुटाउन खोज्नु सरकारको लाचरपन हो ।

यथासक्दो छिटो संसोधन प्रस्ताव फिर्ता लिई संविद्यान कार्यान्वयनमा लैजानु पर्ने उहाले वताउनु भयो । नेपालमा वस्ने सवै नेपाली हौ यो सवैले वुझ्नु आवश्यक छ उहाले भन्नु भयो ।

संयुक्त संघर्ष समितिका संयोजक झविलाल पोख्रेलको अध्यक्षता , सदस्य हिमलाल वाग्लेको संचालनमा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं नेपाल मुस्लिम इत्तेहादका केन्द्रीय अध्यक्ष सिराज अहमद फारुकि , केन्द्रीय सदस्य खिमलाल भट्राई, सांसदहरु वलराम अधिकारी , विश्राम थारु , पुर्व सांसद शान्तिदेवी हरिजन , नेपाली कांग्रेसका युवा नेता डोलकराम घिमिरे , रुकवहादुर भुषाल ,  राष्ट्रिय जनमोर्चाका पुर्व महासचिव शन्तवहादुर नेपाली , नेकपा मालेका पोलिटव्युरो सदस्य गंगाराम चौधरी , केन्द्रीय सदस्य शंकर आचार्यले यथाशिघ्र संविधान संसोधन फिर्ता लिनु पर्नेमा जोड दिनु भएको थियो ।

गाँउ गाँउ बाट आएका सवै समुदायका हजारौं मानिसहरुले जिल्ला प्रशासन बाट र्याली शुरु गरि वजार परिक्रमा गरि रत्नराज्य माविमा पुगी सभामा परिणत भएको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan