Saturday 25th of March | २०७३ चैत १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जब क्याप्टेनले मोबाइल ‘स्विचअफ’ गर्दा... १ सय ९० यात्रुको अलपत्र

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ पुस । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा जान १ सय ९० यात्रु नेपाल वायुसेवा निगमको जहाजभित्र सिटमा तम्तयार छन् ।

जहाज मंगलबार राती साँढे ११ बजे उड्ने तालिकाअनुसार एक घण्टा देखि तयारी हालतमा छ अनि एयर होस्टेस, स्टेवार्ड (चालकदल सदस्य) सबै दुरुस्त । तर जहाज उँड्दैन ।

करिब आधा घण्टाअघि नै जहाजभित्र छिरिसकेका यात्रु अझै किन जहाज नउडेको हो भन्ने मेसो पाउँदैनन् ।

चालकदलका सदस्यले बल्ल साँढे ११ बजे थाहा पाए – जहाज कमान्ड गर्दै दोहासम्म उडाएर लैजानुपर्ने बरिष्ठ क्याप्टेन ओमबहादुर (ओबी) गुरुङको मोबाइल फोन ‘स्विचअफ’ छ ।

उडान तालिकाअनुसार उड्नु एक घण्टाअघि क्याप्टेन र को पाइलट विमानस्थल पुगिसकेको हुनुपर्दछ ।

तर, क्यापटेन गुरुङ भने मोवाइल फोन स्विचअफ गरेर ‘गैरजिम्मेवार’ तरिकाले सम्पर्कविहीन भएपछि बाँकी चालकदलले उडान रद्द भएको घोषणा गर्यो । खबर आजको नागरिक दैनिकमा छ ।

न्यूज अभियान डट कमको अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् र हरेक खबर विशेष खबरका लागि पल-पलको अपडेट पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan