• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

श्रीमान वैदेशिक रोजगारीमा जाँदा अर्कैसँग प्रेम बसेपछि…

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan

रौतहट, २८ पुस । रौतहटमा आफ्नै पतिको हत्या गरेको अभियोगमा पत्नीसहित अर्का एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

करुनिया गाविस–२ का ३२ वर्षीय अभिनन्दन साहको हत्यामाथि प्रहरीले अनुसन्धान गर्दा मृतककी पत्नी शकुन्तला देवी र सोही गाउँका पप्पु भन्ने मनिषकुमार सुमनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गत २२ पुसमा मृतक साहको शव सोही गाविस–६ स्थित कमदेही खोलासँग जोडिएको सिसौको घारीमा रहेकोे कुलोमा भेटिएको थियो ।

मृतक साह विदेशमा रहँदा बस्दा पत्नी शकुन्तलाको प्रेम सुमनसँग भएको र उनीहरुको सम्वन्धमा वाधा पर्ने भएकाले साहको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

मृतकले प्रयोग गर्ने मोबाइल, घटनामा प्रयोग भएका रड र चक्कुसमेत अभियुक्त मनिषकुमार सुमनको घरबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।  खबर आजको राजधानी दैनिकले छापेको छ । 


 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan